आइतबार, साउन ३१, २०८३

लागुऔषध गाँजासहित दुई पक्राउ

गजुरी गाउँपालिका–२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

गजुरी- गजुरी गाउँपालिका–२ मलेखु बजारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट लागुऔषध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन्। तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलोग्राट २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडि भिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम लागुऔषध गाँजा फेला परेकाले लागुऔषध गाँजा बरामद गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

पृथ्वी राजमार्गमाबाट ताल्ती आउने जाने सडकखण्डमा पृथ्वी राजमार्गको दक्षिण किनारामा झोला बोकी काठमाडौंबाट मुग्लिनतर्फ जाने गाडी कुरी बसिरहेकामा अवस्थामा प्रहरी टोली देखेपश्चात शंकास्पद व्यवहार देखाएकाले उनीहरूले बोकेको झोला र शरीरसमेत खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई प्रतिबन्धित लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 15, 2022| 22:10 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।