काठमाडौं- प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित गरिएको छ।
समूह ए अन्तर्गत पुलिस र प्रदेश १ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान सुरु हुने कार्यतालिका रहेको थियो। तर, प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंमा खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ।
पुलिस समूह ए मा लगातार तीन खेल जित्दै विजेताको रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ। दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ।