शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिग : फ्रेन्ड्स, आर्मी, थ्रिस्टार र संकटाको ‘सेफ ल्यान्डिङ’ प्रयास

ए डिभिजन लिग : फ्रेन्ड्स, आर्मी, थ्रिस्टार र संकटाको ‘सेफ ल्यान्डिङ’ प्रयास

सहिद स्मारक ए डिभिजन लिगको अंकतालिकामा पुछारमा रहेको फ्रेन्ड्स क्लबको लक्ष्य नै रेलिगेसनबाट बच्नु हो। अब लिगमा नवौं चरणपछि फिफा अन्तर्राष्ट्रिय फुटबल ब्रेक सुरु हुँदैछ।
 |  शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको अंकतालिकामा पुछारमा रहेको फ्रेन्ड्स क्लबको लक्ष्य नै रेलिगेसनबाट बच्नु हो। अब लिगमा नवौं चरणपछि फिफा अन्तर्राष्ट्रिय फुटबल ब्रेक सुरु हुँदैछ।

त्यो विन्डोको दौरान आफ्नो लक्ष्यमा सुरक्षित छु भनेर क्लबका प्रशिक्षक, खेलाडी र अफिसियललाई प्रत्याभूति हुनु नै सबैजसो क्लबहरूको नवौं चरणको लक्ष्य रहनेछ।

यस्तोमा फ्रेन्ड्स क्लब पनि रेलिगेसन जोनबाट आफूलाई बचाउन आजको खेलमा आर्मीलाई जित्नैपर्ने दबाबमा छ। लिगलिडर मछिन्द्र क्लबसँग आत्मघाती गोलमा हार बेहोरेको फ्रेन्ड्समा अहिले आत्मविश्वास पढेको प्रशिक्षक मेगेन्द्र मिश्र बताउँछन्।

आर्मी राम्रो छ। जसरी पनि जित्नै पर्नै दबाबमा छ। हामीले आर्मीविरुद्ध नजिते रेलिगेशनको धेरै चान्स छ। मछिन्द्रसँग खेलेको खेल खेल्छौं। जित्नको लागि खेल्छौं।’

उपाधि जित्ने लक्ष्यका साथ लिगमा होमिएको आर्मीको लक्ष्य अहिले फेरिएको छ। ‘मुख्य कुरा अगाडि बढ्न तीन अंक महत्त्वपूर्ण छ। उसका तीन विदेशी खेलाडी बलिया छन्। महत्त्वपूर्ण प्लेयरलाई रोक्न सक्यौँ भने, पाएका अवसर सदुपयोग गर्न सक्यौं भने जित्छौं,’ उनले भने।

आजको खेल जित्यो भने रेलिगेशनबाट बच्नको लागि सहज हुने मिश्रको भनाइ छ।

यता आर्मीको लक्ष्य तेस्रो स्थान प्राप्त गर्ने नै हुने प्रशिक्षक नवीन न्यौपाने बताउँछन्। तर उसलाई तेस्रो स्थानमा रहने संकटाले अवरोध गरिरहेको छ। अहिले समान १४–१४ अंक भएका संकटा र आर्मी क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

त्यसैले आजको खेलमा आर्मी जित निकालेर तेस्रो स्थान पक्का गर्ने दाउमा हुनेछ।  आर्मीका प्रशिक्षक न्यौपाने भन्छन्, ‘एनआरटीलाई जितेपछि मनोबल उच्च छ  तीन अंकको विकल्प छैन। फ्रेन्ड्सलाई पनि तीन अंक आवश्यकता छ। हामीले सहज लिएका छैनौं।’

सन्तोष तामाङ भने आज  चोटका कारण उपलब्ध हुनेछैनन्। दशरथ रंगशालामा १ बजेको खेलपछि अर्को खेल पौने ५ बजे सुरु हुनेछ। त्यो खेलमा संकटाले थ्रिस्टारको सामना गर्नेछ। थ्रीस्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ तयारी र फरवार्ड लाइन पनि राम्रो हुँदै आएको बताउँछन्।

उनले भने। ‘पछिल्लो दुई खेलमा चार गोल गर्नु नै राम्रै हो। संकटा राम्रो टिम हो। उसको टिमवर्क राम्रो छ। हाम्रो पनि उस्तै छ। अब हाम्रो आउने खेल टप हुन्छ। टप चारमा पनि आउन चान्स छ।’

नयाँ स्ट्राइकर आएपछि ‘अट्याकिङ थर्ड’ सुधारिएको छ तर आज अनन्त तामाङ खेल्न नसक्ने सम्भावना धेरै छ।

यता आर्मीसँग बराबरी गरिरहेको संकटाको उद्देश्य पनि तेस्रो स्थानमा रहनु नै हो। त्यसैले उसको चुनौती थ्रिस्टारलाई साह्रो छ।

प्रकाशित: Jan 15, 2022| 09:30 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।