शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'कोरोना हटस्पट' बने काठमाडौंका अस्पताल, टिचिङ र वीरको सेवा प्रभावित

वीरको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले त्यहाँ ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताएका छन्। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी विभिन्न वार्ड र आईसीयूमा कार्यरत हुन्।
 |  शुक्रबार, पुस ३०, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– काठमाडौं उपत्यकाका ठूला अस्पताल कोरोना संक्रमणको ‘हटस्पट’ बनेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताललगायत राजधानीका ठूला अस्पतालमा ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण फैलिएको छ।

triton college

त्रिवि शिक्षण अस्पतालमा ६० जनाभन्दा बढी र वीर अस्पतालमा ३० भन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएका छन्। दुई दिनयता अस्पतालमा स्वास्थ्यकर्मीहरू नै संक्रमित हुने दर बढेको छ, जसले गर्दा अस्पतालको सेवासमेत प्रभावित हुन पुगेको छ।

वीरको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले त्यहाँ ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताएका छन्। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी विभिन्न वार्ड र आईसीयूमा कार्यरत हुन्। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको डा. बस्नेतले बताए। अस्पतालमा कोरोना संक्रमण भएर आउने बिरामीको दरसमेत बढ्दो क्रममा रहेको उनले बताए्। बिहीबार राति मात्रै अस्पतालमा १४ जना बिरामी भर्ना भएको उनले जानकारी दिए। वीरमा हाल ५३ जना कोरोना संक्रमित उपचाररत छन्।

कोरोना संक्रमितको बढ्दो दर र स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेकाले समस्या सिर्जना हुनसक्ने भन्दै डा. बस्नेतले चिन्ता व्यक्त गरेका छन्। ‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण हुने दर बढ्दो छ। कुनै कुनै सेवाका लागि निश्चित डाक्टर मात्रै छन्। उनीहरू नै संक्रमित हुँदा समस्या भएको छ। कोरोना बढेसँगै मिर्गाैला, दमलगायत दीर्घरोगीहरू बढी मारमा पर्ने देखिन्छ,’ उनले भने। 

उता, त्रिवि शिक्षण अस्पतालमा आईसीयूमा उपचाररत बिरामीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उपचारमा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। पछि ट्रेसिङमा परेका अन्य स्वास्थ्यकर्मीको परीक्षण गर्दा नर्स, अर्थोपेडिक्स डाक्टर, रेजिडेन्ट डाक्टर, एनेस्थेसियाका चिकित्सक, फार्मेसी, अस्पतालका सवारी चालकलगायत सबैखाले कर्मचारीमा संक्रमण पुष्टि भएको छ। 

Metro Mart
vianet

टेकुस्थित शुक्राज ट्रपिकल एवम् सरुवा रोग अस्पतालमा खाेपका  लागि लाम लागेका सर्वसाधारण। तस्बिर : दिनेश श्रेष्ठ

अस्पताल प्रशासनका अनुसार एकै दिन ठूलो संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अन्य स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षण सुरु गरिएको छ। अझै संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्न सक्ने अस्पताल प्रशासनको आँकलन छ। एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण भएसँगै सेवा प्रवाहमा समस्या सिर्जना भएको भन्दै अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले चिन्ता व्यक्त गरे। थुप्रै सेवाहरू प्रभावित भएको उनले जानकारी दिए।

स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमित हुँदा स्वास्थ्य मन्त्रालयले पनि चिन्ता व्यक्त गरेको छ। मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले अस्पतालहरूमा करारमा रहेका कर्मचारीहरूको सम्झौता तीन महिना थप गर्न निर्देशन दिइएको बताएकी छन्।

‘तीव्र गतिमा फैलिएको संक्रमणले हामीलाई पनि चिन्तित तुल्याएको छ। अस्पतालहरूमा स्वास्थ्यकर्मीको ड्युटी आलोपालो मिलाउन निर्देशन दिइसकेका छौं। केही दिन सार्न मिल्ने केसलाई सार्न भनेका छौं,’ उनले भनिन्। मन्त्रालयले आईसीयू, भेन्टिलेटरलगायत आवश्यक सवै पूर्वाधार तयारी अवस्थामा राख्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

वीरको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले त्यहाँ ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताएका छन्। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी विभिन्न वार्ड र आईसीयूमा कार्यरत हुन्।

डा. मिश्राका अनुसार अहिले कोरोना संक्रमितमा घाँटी दुख्ने, थकान महसुस हुने, टाउको र शरीरका मांशपेशी दुख्ने, शरीर तातेको जस्तो हुने, नाकबाट पानी बग्नेलगायत समस्या देखिएको छ। यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जान र पीसीआर परीक्षण गराउन चिकित्सकहरुले आग्रह गरेका छन्। कोरोनाका लक्षण देखिँदा सामान्य नै हुन्छ भनेर घरमा नबस्न उनीहरुको आग्रह छ। कोरोनालाई समान्य ठानेर घरमै बस्ने वा सामान्य रुपमा हिँडडुल गर्दा समाजमा संक्रमण फैलिने भएकाले त्यसो नगर्न विज्ञहरुले आग्रह गर्दै आएका छन्।

वीरको कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले त्यहाँ ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताएका छन्। संक्रमित हुने अधिकांश स्वास्थ्यकर्मी विभिन्न वार्ड र आईसीयूमा कार्यरत हुन्।

कोरोना खोप लगाइसकेका मानिसमा पनि संक्रमण हुने क्रम बढेकाले उच्च स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ। सबैको सावधानीबाट मात्रै कोरोनाको तेस्रो लहरलाई परास्त गर्न सकिने मिश्राले बताइन्।

जनस्वास्थ्यका विज्ञ परशुराम श्रेष्ठ पनि स्वास्थ्यकर्मी नै संक्रमित हुँदा देशमा भयावह अवस्थाको सिर्जना हुनसक्ने बताउँछन्। ‘हामी चिन्ताजनक अवस्थामा छौं। मानिसले स्वास्थ्य मापदण्ड अपनाउन छोडेका छन्। सार्वजनिक यातायात भनेको भीडभाड हुने क्षेत्र हो। त्यहाँ चालक सहचालकले नै मास्कको प्रयोग गरेको पाइँदैन,’ उनले भने।

भाइरसको प्रवृत्ति एकैपटक बढ्ने र घट्ने भएकाले अहिले संक्रमण तीव्र गतिमा फैलिरहेकाले देशमा भयावह वस्था सिर्जना हुनसक्ने उनको भनाइ छ। नेपालमा खोपको अभाव नभएकाले सरकारले त्यसको व्यवस्थापन र उपलब्धतामा ध्यान दिनुपर्ने डा. श्रेष्ठको सुझाव छ।

‘सरकारले विद्यार्थीलाई पनि खोप दिँदैछ। ६० वर्षभन्दा माथिकालाई बुस्टर डोज दिनुपर्छ। कतिपय ठाउँमा मानिसले पहुँचको भरमा तेस्रो डोज पनि लगाएको सुन्नमा आएको छ, त्यसलाई व्यवस्थित पारिनुपर्छ,’ उनले भने। डा. श्रेष्ठको जोड पनि सबैले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा छ।

खोप लगाउँदा संक्रमण भए पनि त्यसको जोखिम कम हुने उनले बताए। ‘खोप नलगाएका मानिसमा संक्रमण भए गम्भीर हुने जोखिम छ। तर, खोप लगाएका मानिसमा संक्रमण भए पनि गम्भीर भइहाल्दैनन्। त्यसो हुँदा मृत्युदर घट्छ। हाम्रो उद्देश्य भनेको संक्रमण नियन्त्रण गर्नुसँगै मृत्युदर घटाउनु पनि हो,’ डा. श्रेष्ठले भने।

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने हो भने जोखिम कम हुने तर्क डा. श्रेष्ठको छ। भन्छन्, ‘एक जनाको लापरबाहीले ठूलो संख्यामा मानिस संक्रमित हुने जोखिम भएकाले मास्क प्रयोग नगर्ने, भीडभाड गर्नेहरूलाई कारबाही गर्नुपर्छ। यसका साथै सरकारले जनचेतनाका कार्यक्रमलाई तीव्रता दिनुपर्छ। त्यसो नगरे फेरि देशमा एक पटक भयावह अवस्था सिर्जना हुन सक्छ।’

स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अन्य गम्भीर समस्या भएका मानिसको मृत्युदर बढ्ने जोखिम रहेको श्रेष्ठको भनाइ छ। विशेषज्ञ डाक्टरहरू नै संक्रमित हुँदा अप्रेसन नै गर्न नपाएर अन्य गम्भीर प्रकृतिका बिरामीको मृत्यु हुने दर बढ्ने उनको चिन्ता छ। यसतर्फ पनि सरकार बेलैमा सचेत हुनुपर्ने उनी बताउँछन्।

श्रेष्ठले भने, ‘कोरोनाबाट जोगिन भन्दै मानिसहरू खोपका लागि खोप केन्द्रमा पुगिरहेका छन् र त्यहाँ भीडभाड बढेको छ। कतिपयले त मास्कसमेत नलगाएको पाइएको छ। स्वास्थ्य सावधानी अपनाउनु त जनताको पहिलो दायित्व हो नि। त्यसैले लापरबाही नगरौं। तीन वर्षमा पनि नचेत्ने हो भने लापरवाही गरेको पाइए कारबाही गर्नुको विकल्प सरकारसँग छैन।’

प्रकाशित: Jan 14, 2022| 15:15 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्