आइतबार, कात्तिक १, २०८३

पीएम कप : सेमिफाइनल पुग्न सुदूरपश्चिम र आर्मीको रस्साकस्सी

मुलपानी मैदानमा हुने पहिलो खेलमा समूह ए को त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशको सामना गर्दैछ। पहिलो खेलमा जित निकालेको साविक विजेता आर्मीले दोस्रो खेलमा पुलिससँग हार बेहोरिसकेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमााडौं- प्रधानमन्त्री कप अन्तर्गत आज चार खेल हुँदैछन्। त्यसमध्येको दुई खेल त्रिवी क्रिकेट मैदानमा र बाँकी दुई खेल मुलपानी मैदानमा हुनेछन्।

मुलपानी मैदानमा हुने पहिलो खेलमा समूह ए को त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशको सामना गर्दैछ। पहिलो खेलमा जित निकालेको साविक विजेता आर्मीले दोस्रो खेलमा पुलिससँग हार बेहोरिसकेको छ।

आर्मीको तेस्रो खेल प्रतिकुल मौसमका कारण हुन नसकेपछि उसले प्रदेश १ सँग अंक बाँडेको छ। यसकारण आर्मीको तीन खेलबाट तीन अंक मात्र छ। त्यसैले आजको खेलमा उसलाई जित निकाल्नै पर्ने बाध्यता छ। किनभने समूह चरणमा उसको यो नै अन्तिम खेल हो।

यता दुई खेल खेलेको सुदूरपश्चिमले दुई खेलबाट दुई अंक जोडेको छ। उसले आर्मीलाई हराउन सके सेमिफाइनलको नजिक पुग्नेछ। यसकारण सुदूरपश्चिम पनि जित निकाल्ने दाउमा छ।

शुक्रबारै कीर्तिपुरको मैदानमा हुने पहिलो खेलमा समूह बी कै पुलिसले कर्णाली प्रदेशको सामना गर्नेछ। पुलिसले जित निकालेमा उसले सेमिफाइनल यात्रा गर्नेछ।

त्यस्तै, शुक्रबार दिउँसो कीर्तिपुर मैदानमा प्रदेश २ ले बागमतिको सामना गर्नेछ। अंकतालिकामा तीन खेलबाट एकमात्र जित निकालेको २ नम्बर प्रदेशको २ अंक छ भने बाग्मतिको पनि दुई खेलबाट २ अंक नै छ।

यता मुलपानी मैदानमा एपीएफले पनि समूह चरणको अन्तिम खेल खेल्दैछ। समूह चरणको अन्तिम खेलमा उसले लुम्बिनी प्रदेशको सामना गर्न लागेको हो। अहिलेसम्म अपराजित एपीएफ शक्रबारको खेलमा पनि जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ।

प्रकाशित: Jan 14, 2022| 09:50 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।