आइतबार, मंसिर ७, २०८२

स्पेनिस सुपर कपको फाइनलमा रियल र एथ्लेटिक भिड्ने

किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले निर्धारित समयको ९ मिनेटअघि गोल बेहोरेपछि एथ्लेटिकोले २-१ को जित निकालेको हो।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई हराएपछि एथ्लेटिक बाल्बियोले स्पेनिस सुपर कपको फाइनलको यात्रा पक्का गरेको छ।

National life

किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा एट्लेटिको मड्रिडले निर्धारित समयको ९ मिनेटअघि गोल बेहोरेपछि एथ्लेटिकोले २-१ को जित निकालेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा तीन गोल भए। ६२औं मिनेटमा एथ्लेटिकका उनल साइमनले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिक एक गोलले पछि परेको थियो।

तर ७७औं मिनेटमा येरयी अल्वारेज र ८१औं मिनेटमा निको विलियम्सले पुनरागमन गोल गरे। त्यसपछि गोलको प्रयास गरे पनि एट्लेटिकोका जोस मारिया जिभिनेजले स्टपेज समयमा रातो कार्ड बेहोरेपछि एट्लेटिकोको फाइनल पुग्ने सपना अधुरै रह्यो।

सुपरकपको अघिल्लो सेमिफाइनलमा बार्सिलोनालाई हराउँदै रियल मड्रिडले फाइनलमा स्थान पक्का गरेको थियो। फाइनल खेल जनवरी १७ मा यही रंगशालामा हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 14, 2022| 08:30 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।