शनिबार, असार २०, २०८३

नवौं चरण आजबाट : सातदोबाटो र मनाङलाई यस्तो छ चुनौती

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सुरु हुँदैछन्। फिफा विन्डोअघिको यो अन्तिम चरणसमेत हो। यस्तोमा नवौं चरणको पहिलो दिन दुई खेल हुँदैछन्।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सुरु हुँदैछन्। फिफा विन्डोअघिको यो अन्तिम चरणसमेत हो। यस्तोमा नवौं चरणको पहिलो दिन दुई खेल हुँदैछन्।

शुक्रबार दिउँसोको खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पाको खेल छ। अहिले पुलिस रेलिगेसनको चरम दबाबमा रहेको छ। ऊ रेलिगेसन जोनको च्यासल यूथ क्लबभन्दा दुई अंकले मात्र माथि रहेको छ। त्यसले पुलिसलाई आजको खेलमा जित्नै पार्ने दबाब पनि छ।

यता हिमालयन शेर्पाले लिगको सुरुआति खेलमा भन्दा पछिल्लो खेलहरूमा सुधार गरिरहेको छ। फर्मेसनमा निकै मेहेनेत गरेर खेलिरहेको शेर्पाको डिफेन्सलाई छक्काएर गोल गर्न पुलिसलाई सजिलो भने छैन।

त्यसो त पुलिसभन्दा शेर्पा नै अघि छ। शेर्पा ११ अंकका साथ छैटौं स्थानमा छ भने पुलिस सात अंकसहित ११औं स्थानमा छ।

शुक्रबारको अर्को खेल अझै बलियो हुने देखिन्छ। दशरथ रंगशालामा पौने ५ बजे सुरु हुने खेलमा सातदोबाटो यूथ क्लबले मनाङ मस्र्याङ्दि क्लबको सामना गर्नेछ।

सुरुमा निकै राम्रो प्रदर्शन गरेको सातदोबाटो पछिल्लो खेलहरूमा भने सेलाएको छ। त्यसैले उसलाई अफ पुरानो फर्ममा फर्किन आवश्यक छ जसले गर्दा ऊ तालिकामा माथितिर रहन सकोस्।

मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक तोपे फुजा पनि सातदोबाटो निकै राम्रो टिम रहको बताउँछन्। 

प्रशिक्षक तोपे भन्छन्, ‘सातदोबोटो नयाँ टिम हो। नयाँ खेलाडी छन्। सबै ए डिभिजनका क्लब राम्रा छन्। हामी कसैलाई कमजोर मान्दैनौं । हामी जित्नको लागि खेल्छौं।’

धेरै नबोल्ने प्रशिक्षक तोपेको टिले पछिल्लो खेलमा च्यासललाई ५–० गोलअन्तरले हराएको छ। जारी लिगमा यो सबैभन्दा ठूलो जित समेत हो। यो जितले मनाङका खेलाडीमा हौसला बढेको छ।

यता सातदोबाटो यूथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जन चाहिँ मनाङ राम्रो टिम भए पनि आफू तीन अंकका लागि प्रयास गर्ने बताउँछन्। ‘पहिलो पटक मनाङसँग खेल्दैछौं। सुरुदेखि हरेक खेलमा हामीले जितका लागि नै खेलिरहेका छौं आज पनि तीन अंकको लागि खेल्छौं,’ उनले भने।

मनाङ अहिले उपाधि होडमा छ। ऊ शीर्षस्थानमा मछिन्द्रभन्दा एक अंकले मात्र पछि छ। त्यसैले उसको अहिले अंक गुम्नु भनेको उपाधि होडबाट बाहिरिनुसरह नै हो। त्यसैले आजको खेलमा मनाङलाई जितको थप दबाब पनि छ।

छैटौं चरणमा मछिन्द्रसँग हारेको मनाङले पछिल्लो खेलमा सानदार जित निकालेको थियो। ‘अघिल्लो खेलमा मनाङले राम्रो गोल गरेको छ। उसको मनोबल उच्च छ। हाम्रो पनि राम्रो छ। अभ्यासमा धेरै सुधार भएको छ। पोसेसन बाई राम्रो गरेका छौं,’ आफ्नो तयारीबारे बोल्दै प्रशिक्षक महर्जनले भने।

आठौं चरणको खेलमा घाइते भएर मैदानबाट बाहिरिएका सुशील राई रेष्टमा हुनेछन्। तर कार्डको करण पछिल्लो खेल गुमाएका सातदोबाटोका अजयी मार्टिन मैदान फर्किने छन्।

त्यसैले आज दबाब बनाउँदै मनाङको अट्याक र सेट पिस रोक्ने सातदोबाटोको दाउ हुनेछ। ‘मनाङको अग्रपंक्ति र ‘सेट पिस’लाई रोक्न तयार गरेका छौं। सुरुमा हामीले जोसले खेल्यौं। त्यो केही कम भएको होकि भन्ने चाहिँ भएको छ।’

आजको खेलमा टिमको मुख्य प्रशिक्षक मेघराज केसी पनि मैदान फर्किने भएका छन्।

प्रकाशित: Jan 14, 2022| 07:10 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।