आइतबार, मंसिर ७, २०८२

सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

National life

सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन्। सन्देशले स्न्याचमा १०९ केजीसहित क्लिन एन्ज जर्कमा १ सय ३७ केजी गरी कुल २ सय ४६ केजी वजन उठाउदै स्वर्ण जिते। एपीएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कांस्य जिते।

सिनियर पुरुष १०२ केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे। उनले स्न्याचमा १ सय ११ र क्लिन एन्ड जर्कमा १ सय ५० केजी गरी जम्मा २ सय ६१ केजी भार उठाए। यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो। सन्देशको नाममा स्न्याचमा १ सय ३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो। आर्मीका विनोद खड्का दोश्रो तथा एपीएफका रणबहादुर नगरकोटी तेश्रो भए।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो भए। उनले स्न्याचमा १ सय ५ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० केजी गरी कुल २ सय ३५ केजी भार वहन गरे। नेपाली सेनाका दिनेश कार्की दोश्रो तथा एपीएफका सन्तोष चौधरी तेश्रो भए।

जुनियर पुरुष ९ केजीमा बाँकेका सुरज वैश्यले स्वर्ण जिते। उनले स्न्याचमा ७३ केजी र क्लिन एन्ड जर्कमा १ सय ५ केजी गरी जम्मा १ सय ७ केजी वजन उठाए। चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कांस्य हात पारे। युथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एन्ड जर्कमा समान ९०–९० केजी गरी कुल १ सय ८० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे।

Laxmi sunrise bank
kumari

मध्यपुर थिमी नगरपालिकामा भएको प्रतियोगिताको युथतर्फ महिला ८१ क्ेजीमा कास्कीकी सिन्जल गुरुङ पहिलो भइन्। सिन्जलले स्न्याचमा ३३ केजी र क्लिन एन्ड जर्कमा ४२ केजी गरी कुल ७५ केजी वजन उठाइन्।

सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ केजी र क्लिन जर्कमा ९३ केजी गरी जम्मा १ सय ६२ केजी भार उठाउदै पहिलो भइन्। १ केजीमा प्रहरीकी जानकी बुढा पहिलो भइन्। जानकीले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७ केजी गरी जम्मा १ सय ३८ केजी वजन उचाल्दै स्वर्ण जितिन्। ७ केजीमा प्रहरीकी विद्या राई पहिलो भइन्। विद्याले स्न्याचमा ६३ केजी र क्लिन एनड जर्कमा ७ केजी गरी कुल १ सय ४१ केजी वजन उचालिन्। एपीएफकी निशाना बलाल दोश्रो भइन्। ८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राई पहिलो भइन्। अस्मिताले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६० केजीसहित कुल १ सय १० केजी भार उचालिन्।

जुनियर पुरुषको १ सय २ केजीमा आर्मीका निरज सिग्देल पहिलो भए। उनले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी जम्मा १ सय ३० केजी भार वहन गरे।

सिनियर पुरुषको १०९ केजीमा प्रहरीका राजीव महर्जन पहिलो भए। उनले स्न्याचमा १ सय ७ केजी र क्लिन एन्ड जर्कमा १ सय २५ केजी गरी जम्मा २ सय ३२ केजी वजन उचाले। १०२ केजीमाथि आर्मीका पुकार गुरुङले पहिलो स्थान कब्जा गरे। उनले स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४० गरी कुल २ सय ६० केजी भार वहन गरे। प्रहरीका सागर भण्डारी दोश्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेश्रो बने।

तीनदिने प्रतियोगिताअन्तर्गत पुरुष-महिलातर्फ सिनियर-जुनियर-युथमा गरी १ सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरुषको २४ औं तथा महिलाको ९ औं संस्करण हो।

प्रकाशित: Jan 13, 2022| 20:46 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।