आइतबार, कात्तिक १, २०८३

गण्डकीलाई हराउँदै एपीएफ क्लब पीएम कपको सेमिफाइनल नजिक

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार गण्डकी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफ सेमिफाइनल नजिक पुगेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार गण्डकी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफ सेमिफाइनल नजिक पुगेको छ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा दिउँसो सम्पन्न खेलमा एपीएफले लगातार तेस्रो जित निकालेपछि सेमिफाइनल नजिक पुगेको हो। बिहीबारको जितपछि उसले समूह बीमा ६ अंक बनाएको छ। दोस्रो स्थानको बागमती प्रदेशको दुई अंक मात्र छ। समूह चरणका चार खेलमध्ये एपीएले सुरुआति तीन खेलमा नै जित निकालेको हो। पहिलो खेलमा प्रदेश २ विरुद्ध २४ रनको जित निकालेको उसले दोस्रो खेलमा बागमतीलाई ७ विकेटले हराएको थियो।

अब एपीएफ समूहको शीर्षस्थानमा रहेमा समूह एको उपविजेतासँग खेल्नेछ। तर दोस्रो स्थानमा रहेमा एपीएफले समूह एको विजेतासँग खेल्नेछ।

बिहीबारको खेलमा टस जितेर ब्याटिङ सुरु गरेको एपीएपले आठ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर ९२ रन बनाएको थियो। जवाफमा गण्डकी प्रदेश पूरा ओभर खेल्दै सात विकेट गुमाएर ९० रनमा समेटिएपछि एपीएफले जित निकालेको हो।

एपीएफका लागि प्रदीप ऐरीले सर्वाधिक १७ रन बनाए भने आसिफ सेखले १६ रन जोडे। बलिङमा कमल परियारले तीन र विशाल पौडेलले दुई विकेट लिए।

दोस्रो पारीमा गण्डकीका विपिन खत्रीले ३६ र विधान श्रेष्ठले २९ रनको योगदान दिए। कमल ऐरीले तीन विकेट लिँदा किशोर महतोले दुई विकेट गिराए।

प्रकाशित: Jan 13, 2022| 17:12 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।