शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप क्रिकेट : प्रदेश २ विरुद्ध लुम्बिनीको जित, आर्मी र प्रदेश १ ले अंक बाँडे

पीएम कप क्रिकेट : प्रदेश २ विरुद्ध लुम्बिनीको जित, आर्मी र प्रदेश १ ले अंक बाँडे

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटअन्तर्गत मूलपानी मैदानमा बिहीबार बिहानको खेल हुन नसकेपछि समूह ए का त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले अंक बाँडेका छन्।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काडमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेटअन्तर्गत मूलपानी मैदानमा बिहीबार बिहानको खेल हुन नसकेपछि समूह ए का त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले अंक बाँडेका छन्।

बुधबार राति र बिहीबार बिहान वर्षाका कारण मैदानको पिच हिलो भएपछि आर्मी र प्रदेश १ को खेल हुन सकेन। यससँगै आर्मी प्रदेश १ सँग अंक बाँड्न बाध्य भएको हो।

यससँगै समूह ए मा आर्मीको तीन अंक छ भने प्रदेश १ ले एक अंकका साथ खाता खोलेको छ।

त्यस्तै, कीर्तिपुर मैदानमा भएको समूह बी अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ विरुद्ध ४२ रनको जित निकालेको छ। टस जितरेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६१ रन बनाएको थियो। जवाफमा पूरा ओभर खेलेको प्रदेश २ एक विकेट बचाएर ११९ रनमा समेटियो।

खेलमा लुम्बिनीका देव खनालले ५४ रन जोडे भने बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन बनाए। प्रदेश दुईका रुपेश सिंह र विवेश यादवले समान २–२ विकेट गिराउँदा हरिशंकर शाह, महबुब आलम र विशाल सुस्लिङले समान १–१ विकेट लिए।

ब्याटिङमा प्रदेश २ का विवेश यादवले सबैभन्दा धेरै ३६ रन बनाए। प्रदेश २ विरुद्ध लुम्बिनीका अनिल खरेलले पाँच विकेट गिराए। खरेल खेलको म्यान अफ दि म्याचसमेत बने। खेलमा कृष्ण कार्की, सिद्धान्त साही र बसिर अहमदले समान १–१ विकेट गिराए।

आजको खेलसँगै समूह बीमा लुम्बिनीले दुई अंक जोडेको छ भने प्रदेश २ को पनि दुई अंक छ। लुम्बिनी र प्रदेश २ तेस्रो र चौथो स्थानमा छन्।

प्रकाशित: Jan 13, 2022| 16:28 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।