आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'ए' डिभिजन लिगमा कोरोनाको असर : च्यासलका दुई खेलाडी संक्रमित, थुप्रै बिरामी

'ए' डिभिजन लिगमा कोरोनाको असर : च्यासलका दुई खेलाडी संक्रमित, थुप्रै बिरामी

देशमा बढ्दो कोरोना भाइरसको संक्रमण सहिद स्मारक ए डिभिजन लिग क्लबमा पनि देखिन थालेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– देशमा बढ्दो कोरोना भाइरसको संक्रमण सहिद स्मारक ए डिभिजन लिग क्लबमा पनि देखिन थालेको छ।

National life

भोलि बिहीबारबाट लिगको नवौं चरणका खेल सुरु हुँदैछन्। तर त्यसअघि धेरै क्लबका खेलाडी बिरामी पर्ने देखिएको छ भने केही खेलाडीमा कोभिड संक्रमण देखा परेको छ।

‘हाम्रा दुई खेलाडीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ,’ च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिफ थापा मगरले भने, ‘केही थप खेलाडी पनि प्रभावित बनेका छन्।’

च्यासलका कमल थापा र प्रदीप भण्डारीलाई कोभिडको संक्रमण देखिएको उनले बताएका छन्। ‘मनाङविरुद्ध पोखराको खेलबाट फर्किएपछि कमललाई केही लक्षण देखिएको थियो। टेस्ट गर्दा पोजेटिभ आयो। लक्षण नभएको प्रदीपलाई पनि देखिएको छ,’ मगरले भने।

च्यासलका मात्र होइन, अन्य क्लबका खेलाडी पनि बिरामी पर्ने गरेका छन्। यता एन्फाले खेलाडी बिरामी भएको देखिए र कोभिडका केही लक्षण देखिए पीसीआर टेस्ट गराउन क्लबलाई अनुरोध गरेको छ। 

Laxmi sunrise bank
kumari

यता जावलाखेलको टिममा पनि अहिले नौ खेलाडी बिरामी छन्। ‘हाम्रा खेलाडी पनि धेरै बिरामी छन्। हिजो पनि १४ खेलाडी मात्र अभ्यासमा उपस्थित हुन सके,’ जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले भने।

खेलाडीमा रुघा लाग्ने, टाउको दुख्ने भइरहेको न्युरोड टिमका प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्। ‘क्याम्पमै भएका खेलाडीहरुले त नियम पालना गरेका छन्। सतर्क नै छन्। जो खेलाडीहरु घरमा बसिरहेका छन्, उनीहरुले पनि देशको अवस्था बुझेर आफैं सावधानीका उपायहरु अपनाउनु पर्छ।’

अहिले नेपाल सरकारले स्मार्ट लकडाउन गरेको छ। अब रंगशाला छिर्नका लागि पनि कोभिडविरुद्धको कार्ड अनिवार्य भएको छ।

अहिले लिगको नवौं राउन्ड चलिरहेको छ। नवौं राउन्डपछि फिफा विन्डो ब्रेक हुनेछ। तीन गते सुरु हुने त्यो ब्रेक फेब्रुअरी महिनाको बीचसम्म रहनेछ। त्यसबीच मोफसलका प्रतियोगिता हुनेछन्।

प्रकाशित: Jan 13, 2022| 15:05 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।