शनिबार, असार २०, २०८३

सुदूरपश्चिमले कर्णालीलाई ४७ रनले हरायो

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनको हराएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनको हराएको छ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार दिउँसोको पहिलो खेलमा सुदूरपश्चिमले १५३ रन बनाएर १५४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा कर्णालीले पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १०६ रनमा समेटिएपछि सुदूरपश्चिले ४७ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको सुुदूरपश्चिमले पूरा ओभर खेल्दै आठ विकेट गुमाउँदा अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, दीपक बोहराले २५ र खडक बोहराले २२ रन बनाए।

खेलमा वसन्त कार्कीले पनि २८ रनको योगदान दिए भने हेमन्त धामी १० रनमै आउट हुन पुगे। खेलमा कर्णालीका प्रकाश जैशीले तीन विकेट गिराउँदा दिवन पुन र रविन्द्र शाहीले समान १–१ विकेट गिराए। दिनेश अधिकारीले पनि एक विकेट लिए।

जवाफमा कर्णालीका रविन्द्र शाहीले २८ रन बनाए भने अर्जुन घर्तीले पनि ३० रनको योगदान दिए। अनुप कुँवरले १३ रन बनाउनुबाहेक अन्य खलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

यता सुदूरपश्चिमका शेल मल्लले चार विकेट गिराउँदा हेमन्त धामीले दुई विकेट लिए। त्यस्तै, विकास अग्री, आदित्य महता र गजेन्द्र बोहराले समान १–१ विकेट लिए।

प्रकाशित: Jan 13, 2022| 12:46 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।