काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार जारी खेलमा सुदुरपश्चिमले १५३ रन बनाएर १५४ रनको लक्ष्य प्रस्तुत गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पुरा ओभर खेल्दै आठ विकेट गुमाउँदा अर्जुन साउँदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, दिपक बोहराले २५ र खडक बोहराले २२ रन बनाए।
खेलमा बसन्त कार्कीले पनि २८ रनको योगदान दिए भने हेमन्त धामी १० रनमै आउट हुनपुगे। खेलमा कर्णालीका प्रकाश जैशीले तीन विकेट गिराउँदा दिवन पुन र रविन्द्र शाहीले समान १-१ विकेट गिराए। दिनेश अधिकारीले पनि एक विकेट लिए।