काठमाडौं– नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जुनियरतर्फको विश्व वरीयतामा पहिलो स्थानमा उक्लिएका छन्।
यसअघि तेस्रो स्थानमा रहेका दाहाल जनवरी १ बाट शीर्ष स्थानमा उक्लिएका हुन्। उनले १० हजार ४०० अंक बनाएका छन्। दोस्रो स्थानमा रहेका जस्टिन हकको नौ हजार ५९० अंक रहेको छ।