शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोरोना महामारी : २१ देखि ३० वर्ष उमेर समूह बढी जोखिममा

नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिँदै गर्दा २१ देखि ३० वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी जोखिममा छन्।
 |  बुधबार, पुस २८, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, पुस २८, २०७८

काठमाडौं– नेपालमा कोरोना महामारीको तेस्रो लहर फैलिँदै गर्दा २१ देखि ३० वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी जोखिममा रहेका छन्। पाँच दिनयताको तथ्यांकअनुसार  २१ देखि ३० उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमित छन्।

triton college

दोस्रोमा ३१ देखि ४० उमेर समूहका व्यक्ति प्रभावित भइरहेका स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ। मंगलबारसम्म देशभर ९ हजार ५ सय २२ जना सक्रिय संक्रमित छन्। 

पाँच दिनयताको तथ्यांक हेर्दा शुक्रबार २१ देखि ३० उमेर समूहका १ सय ४९ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका १६० जना संक्रमित थपिएका थिए।

शनिबार २०३ जना २१ देखि ३० उमेर समूहका संक्रमित हुँदा १ सय ७४ जना ३१ देखि ४० उमेर समूहका व्यक्ति संक्रमित भएका थिए।

आइतबार २१ देखि ३० उमेर समूहका २ सय ३७ जना र ३१ देखि ४० वर्ष उमेर समूहका २ सय ३२ जनामा संक्रमण पुष्टि भएको थियो।

Metro Mart
vianet

सोमबार २१ देखि ३० उमेर समूहका ४ सय २० जना संक्रमित थपिएका छन्। यस्तै ३१ द्येखि ४० उमेर समूहका ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार २१ देखि ३० उमेर समूहका ६ सय ३६ संक्रमित थपिएका छन्। यस्तै ३१ देखि ४० उमेर समूहका ४ सय ९९ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मंगलबार संक्रमितमध्ये १० वर्षसम्मका ४०, ११ वर्षदेखि २० वर्षसम्मका १ सय ७५, ४१ देखि ५० वर्षसम्मका २ सय ८६, ५१ देखि ६० वर्षसम्मका १ सय ९५, ६१ देखि ७० उमेर समूहका ९७, ७१ देखि ८० सम्मका ३६, ८० माथिका १३ र उमेर पहिचान नभएका छन्।

कहाँ कति संक्रमित?

हाल प्रदेश १ मा ८ सय ५ जना होम आइसोलेसनमा, १२ जना सरकारी आइसोलेसनमा, ९ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा छन्।

प्रदेश २ मा ५ सय ५५ जना आइसोलेसनमा, एक जना सरकारी आइसोलेसनमा र एक जना आईसीयूमा छन्। बागमतीमा सबैभन्दा बढी ५ हजार ५ सय ७७ संक्रमित होम आइसोलेसनमा छन्। बागमतीमा ३ सय ४४ जना सरकारी आइसोलेसनमा ५८ जना, आईसीयू र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।


कञ्चनपुरको गड्डाचौकीबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण गरिँदै। तस्बिर : रासस 

गण्डकीमा ७ सय ९४ जना होम आइसोलेसनमा, २३ जना सरकारी आइसोलेसनमा र १२ जना आईसीयूमा छन्। लुम्बिनीमा ७ सय २५ संक्रमित होम आइसोलेसनमा  छन् भने ३२ जना सरकारी आइसोलेसनमा छन् भने १० जना आईसीयूमा छन्। 

कर्णालीमा १ सय २७ जना होम आइसोलेसनमा छन्। सुदूरपश्चिममा २ सय ८४ जना होम आइसोलेशनमा हुँदा २ सय ४३ जना सरकारी आइसोलेशनमा रहेका छन्। सुदूरपश्चिममा तीन जना आइसीयुमा छन् भने एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

‘हाल देशभर ८ हजार ८ सय ६७ संक्रमित होम आइसोलेशन, ६ सय ५५ सरकारी आइसोलेश, ९३ आइसीयु, १९ जना भेन्टिलेटरमा रहेका छन्,’ मन्त्रालयको सूचनामा छ। 

के भन्छ मन्त्रालय?

स्वास्थ्य मन्त्रालयले बजारमा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहकै मानिसहरू सक्रिय रहने भएकाले यो संख्या बढेको जनाएको छ। मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले भीडभाडमा यही समूह बढी सक्रिय हुने भएकाले बढी संक्रमित यही समूह भएको बताएकी छन्।

‘हाम्रो विज्ञ समूहले यो विषयमा अध्ययन गरिरहेको छ। अहिले नै मैले धेरै भन्न त मिल्दैन। तर, पनि हामीले यही उमेर समूहका मानिस बजारमा बढी भीडभाड गर्ने भएकाले जोखिम बढेको आकलन गरेका छौं’, उनले भनिन्। 

कोरोना संक्रमणको तीन वर्ष, कुन प्रदेशमा कतिको मृत्यु?

२०७७ जेठ ३ गते धुलिखेल अस्पतालमा एक गर्भवती महिलाले संक्रमणबाट ज्यान गुमाएकी थिइन्। त्यसयता संक्रमणबाट नेपालमा ११ हजार ६ सय ७ जनाले ज्यान गुमाइसकेका छन्। सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या बागमतीमा ४ हजार ९ सय ८० छ।

लुम्बिनी प्रदेशमा १ हजार ८ सय २८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। प्रदेश १ मा १ हजार ६ सय ७२ जना, गण्डकीमा १ हजार तीन सय ८७ जना, प्रदेश २ मा ७ सय ७४ जना, सुदूरपश्चिममा ४ सय ८८ जना र कर्णाली प्रदेशमा ४ सय ७८ जनाले ज्यान गुमाएका छन्।

कस्तो छ विश्वको अवस्था?

विश्वमा हालसम्म ३१ करोड १० लाख ९९ हजार १ सय १४ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ४ करोड ४९ लाख १३ हजार ६ सय जना सक्रिय संक्रमित छन्। संक्रमित हुनेमध्ये हालसम्म ५५ लाख १२ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन्। विश्वमा संक्रमण मुक्त हुेने कुल संख्या २६ करोड ६ लाख ७३ हजार ४६ छ। 

हाल विश्वमा १४.४ प्रतिशत सक्रिय संक्रमित छन्। जसमा मृत्यु दर १.८ प्रतिशत छ। यस्तै संक्रमण मुक्त हुनेको दर ८३.८ प्रतिशत छ।

प्रकाशित: Jan 12, 2022| 15:00 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्