शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आजै बनेको कीर्तिमान तोड्दै भारत्तोलनका गणेशले राखे राष्ट्रिय रेकर्ड

आजै बनेको कीर्तिमान तोड्दै भारत्तोलनका गणेशले राखे राष्ट्रिय रेकर्ड

नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन्। सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै किर्तिमान कायम गरेका हुन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं - नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला तथा पुरुष  राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन्। सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै किर्तिमान कायम गरेका हुन्। 

उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन्। महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको किर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ किर्तिमान कायम गरेका थिए। लगतै महातोको किर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन्।

ठिमिस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उनी तेश्रो स्थानमा रहे। पहिलो स्थानमा सेनाका तुलाारामनै रहे। उनले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरि समग्रमा १८३ केजी भार बहन गरे। यस्तै दोश्रो स्थानमा गणेश रहे। उनले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरि समग्रमा १७३ केजी भार बहन गरे। तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे। उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरि कुलमा १५५ केजी भार बहन गरे।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोहि उमेर समूह अन्तरगत युथ तर्फ पर्शाका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरि कुलमा १०२ केजीका साथ स्सवर्ण हात पारे। यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए।

यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते। उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पारका हुन्। दोश्रो स्थानमा रहेका पर्शाका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुलमा १४५ केजी भार बहन गरे। बर्दियाका सुदीप थारु कुलमा १४० केजीका साथ तेश्रो भए। उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए।

कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल बहादुर अधिकारी र १३ औं सागमा स्वर्ण पदक प्राप्त गर्न सफल बिकास थापा र सञ्जु चौधरीलाई, संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ पूर्ण शंकर श्रेष्ठले नगदसहित सम्मान गरेका थिए। पूर्णशंक श्रेष्ठले ब्यक्तिगत रुपमा नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।

महिला तर्फ युथ ४५ केजी तर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गरे। थारुले स्नाचमा ३८ केजी, क्लिन एण्ड जर्कमा ५० केजी गरि कुल ८८ केजी भार बहन गरिन्। यस्तै यादबले स्नाचमा ३० र क्लिनमा ३५ केजी गरि कुल ६५ केजी भार बहन् गरिन्। ४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरि कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन्। यस्तै दाङ्गकी निशा चौधरीले स्नाचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजीका साथ रजत र झापाकी सोनीदेवी दाशले स्नाचमा २८ केजी, क्लिनमा ४० केजी गरि कुलमा ६८ केजी भारका साथ कास्य पाईन्।

जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन्। ४९ केजीमा बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जित्दा दाङ्गकी सन्जना चौधरीले रजत पाईन्। दुई खेलाडीविच भएको प्रतिस्पर्धामा थापा मगरले स्नाचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजीका साथ स्वर्ण प्राप्त गरेकी हुन्। यस्तै चौधरीले स्नाचमा ३५, क्लिनमा ४७ केजी गरि कुलमा ८२ केजी भार बहन गरिन्।

महिला ४५ केजी सिनियर तर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन्। उनले स्नाचमा ५२ केजी र क्लिनमा ६१ केजी गरि कुल ११३ केजी भार बहन गरिन्। दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४८ केजी, क्लिनमा ६१ गरि कुलमा १०९ केजी भार बहन गरिन्। तेश्रो स्थानमा रहेकी नेपाल प्रहरीकी हिरामती थारुले स्नाचमा ४६ केजी र क्लिनमा ५५ केजीका सा १०१ केजी भार बहन गरिन्।

महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाईन्। संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरि कुल १२८ केजी भार बहन गरेकी थिईन्। तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरि कुल ९५ केजी भार बहन गरिन्।

प्रकाशित: Jan 11, 2022| 20:15 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।