आइतबार, मंसिर ७, २०८२

वुमा गोजुकाईं कराँतेमा जोरपाटी डोजो टिम च्याम्पियन

नेपाल गोजु काई कराँते संघले आयोजना गरेको वुमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- नेपाल गोजु काई कराँते संघले आयोजना गरेको वुमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ। 

National life

चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्‍न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो। ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ। ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो। कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जितिन्। 

महिला ४० केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण जितिन्। उनले फाइनल गोठाटार डोजोकी रोनिशा खड्कालाई पराजित गरिन्। महिला ४५ केजीमुनि तौलसमूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईंलाई हराएर स्वर्ण जितिन्। साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन्। उनले फाइनलमा मित्रपार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन्। 


Laxmi sunrise bank
kumari

महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी–हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन्। महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारीलाई पराजित गरिन्। महिला खुलातर्फको स्वर्ण अस्मिता प्रजाले जितिन्। उनी जोरपाटी डोजोकी हुन्। फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन्।

पुरुष ५५ केजीमुनि तौलसमूहमा जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते। उनले फाइनलमा मानसिंहका सुदीन सुनारलाई पराजित गरेका हुन्। पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते। पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण जिते। 

बाँकी स्पर्धाको फाइनल खेल सोमबार नै सम्पन्न भएको थियो। पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिए। उनीहरु दुवैले गोजु काई कराँते संघका उपाध्यक्ष जनार्दन उप्रेतीको प्रायोजनमा ८–८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए।

प्रतियोगितामा नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा, पाँचखाल नगरपालिकाका प्रमुद महेश खरेललगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा २ दिनसम्म आयोजित प्रतियोगितामा २० जिल्ला तथा डोजोहरुबाट २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए। कार्यक्रममै प्रमुख अतिथी गगन थापाले कार्यक्रम संयोजक उप्रेतीलाई वुमा कराँतेको मुख्यालय लण्डनबाट सम्बन्धनप्राप्त प्रमाणपत्र र पाँचौं डानको प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: Jan 11, 2022| 19:04 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।