काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा लोकेश बमको प्रदर्शन सानदार रह्यो। उनले चौथो ओभरमा मात्र २६ रन बनाएका थिए।
२१ बलमा अर्धशतक बनाएका बमले २४ बल खेल्दै पेवेलियन फर्किएका थिए। उनको सानदार प्रदर्शनसँगै एपीएफले बागमतीलाई सात विकेटले हराएको छ।
एपीएफले प्रदेशहरुमा बलियो मध्येको बागमति प्रदेशविरुद्ध १८ ओभर चार बल खेल्दै तीन विकेटको क्षतिमा १२६ रनको लक्ष्य पुरा गर्यो। एपीएफका लागि लोकेशबाहेक प्रदिप ऐरीले ३६ रन बनाए भने आशिफ शेखले १२ रन जोडे। त्यस्तै, सन्दिप जोराले १५ रनको योगदान दिए।
बाग्मतिका रामनरेश गिरीले एक विकेट लिए पनि दुई ओभरमा ३९ रन प्रदान गरे। रिजन ढकाल र प्रतिश जिसीले पनि समान १–१ विकेट लिए।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर ब्याटिङ राजेको बाग्मतिले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १२५ रन बनाएको थियो।
बागमतिका इशान पाण्डेले २९ रन बनाउँदा सुवास खकुरेलले २१ रन जोडे। आदिल खानले १९ रन बनाए भने नन्दन यादवले पनि २४ रन जोडे।
बलिङतर्फ अभिनाष बोहराले चार विकेट गिराउँदा कमलसिंह ऐरीले दुई विकेट लिए। त्यस्तै, किशोर महतो र सरद भेषावकरले पनि एकएक विकेट लिए।
पहिलो खेलमा एपीएफ र बागमतिले जित निकालेका छन्। समूह बी बाट सेमिफाइनल पुग्ने प्रवल दाबेदारका रुपमा रहेका यि दुबै टिमलाई समूहको शीर्षस्थानमा रहनका लागि पनि यो खेल महत्त्वपूर्ण थियो।
यसँगै चार अंक बनाएको एपीएफ शीर्षस्थानमा छ भने बाग्मति र प्रदेश १ को समान दुई-दुई अंक छ।