शनिबार, असार २०, २०८३

१२० रन बनाउँदै गण्डकीमाथि प्रदेश २ ले निकाल्यो जित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर २ सँग दुई विकेटको हार बेहोरेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर २ सँग दुई विकेटको हार बेहोरेको छ।

प्रतियोगिताको आठौं खेलमा ११७ रनको लक्ष्य पाएको नम्बर २ ले १२० रन बनाएर गण्डकी प्रदेशलाई हराएको हो। मुलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्‍न खेलमा गण्डकीले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफमा प्रदेश २ ले ११ बल बाँकी रहँदै आठ विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गर्‍यो।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाएर रनआउट भए। सन्दिप क्षेत्रीले २७ रनको योगदान दिए। त्यस्तै, अनिल गुरुङ र विपिन खत्रीले समान १०–१० बनाउँदा उसले अतिरिक्त १४ रन प्राप्त गर्‍यो।

प्रदेश २ का मोहम्मद आदिल अन्सारीले दुई विकेट गिराउँदा जितेन्द्र यादव, हरीशंकर शाह र विवेक यादवले समान १–१ विकेट झारे।

ज्वाफमा प्रदेश २ का सन्तोष कार्कीले २३ रन बनाए भने हरीशंकर शाहले १२ र हसिम अन्सारीले २६ रन जोडे। हरिशंकर साहले १७ रन बनाएको खेलमा गण्डकीले २४ रन प्रदान गरेको थियो।

बलिङमा कृष्ण पौडेलले एक विकेट लिँदा सुवास भण्डारी र विशाल पौडेलले समान २–२ विकेट लिए। खेलमा जित निकालेसँगै प्रदेश २ ले दुई अंक जोडेको छ।

प्रकाशित: Jan 11, 2022| 16:25 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।