काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर २ सँग दुई विकेटको हार बेहोरेको छ।
प्रतियोगिताको आठौं खेलमा ११७ रनको लक्ष्य पाएको नम्बर २ ले १२० रन बनाएर गण्डकी प्रदेशलाई हराएको हो। मुलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा गण्डकीले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफमा प्रदेश २ ले ११ बल बाँकी रहँदै आठ विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गर्यो।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाएर रनआउट भए। सन्दिप क्षेत्रीले २७ रनको योगदान दिए। त्यस्तै, अनिल गुरुङ र विपिन खत्रीले समान १०–१० बनाउँदा उसले अतिरिक्त १४ रन प्राप्त गर्यो।
प्रदेश २ का मोहम्मद आदिल अन्सारीले दुई विकेट गिराउँदा जितेन्द्र यादव, हरीशंकर शाह र विवेक यादवले समान १–१ विकेट झारे।
ज्वाफमा प्रदेश २ का सन्तोष कार्कीले २३ रन बनाए भने हरीशंकर शाहले १२ र हसिम अन्सारीले २६ रन जोडे। हरिशंकर साहले १७ रन बनाएको खेलमा गण्डकीले २४ रन प्रदान गरेको थियो।
बलिङमा कृष्ण पौडेलले एक विकेट लिँदा सुवास भण्डारी र विशाल पौडेलले समान २–२ विकेट लिए। खेलमा जित निकालेसँगै प्रदेश २ ले दुई अंक जोडेको छ।