काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० प्रतियोगिताको मंगलबार जारी आठौं खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशसँग खेलिरहेको छ। मूलपानी क्रिकेट मैदानमा जारी खेलमा गण्डकीले प्रदेश २ समक्ष ११७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
उसले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर ११६ रन बनाएको हो। गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाए भने सन्दिप क्षेत्रीले २७ रनको योगदान दिए। त्यस्तै, अनिल गुरुङ र विपिन खत्रीले समान १०–१० बनाउँदा उसले अतिरिक्त १४ रन प्राप्त गर्यो।
प्रदेश २ का मोहम्मद आदिल अन्सारीले दुई विकेट गिराउँदा जितेन्द्र यादव, हरीशंकर शाह र विवेक यादवले समान १–१ विकेट झारे। खेलमा अर्जुन रनआउट भए।