शनिबार, असार २०, २०८३

गण्डकीलाई हराउन प्रदेश २ ले ११७ रन बनाउनुपर्ने

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० प्रतियोगिताको मंगलबार जारी आठौं खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशसँग खेलिरहेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० प्रतियोगिताको मंगलबार जारी आठौं खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशसँग खेलिरहेको छ। मूलपानी क्रिकेट मैदानमा जारी खेलमा गण्डकीले प्रदेश २ समक्ष ११७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

उसले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर ११६ रन बनाएको हो। गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाए भने सन्दिप क्षेत्रीले २७ रनको योगदान दिए। त्यस्तै, अनिल गुरुङ र विपिन खत्रीले समान १०–१० बनाउँदा उसले अतिरिक्त १४ रन प्राप्त गर्यो।

प्रदेश २ का मोहम्मद आदिल अन्सारीले दुई विकेट गिराउँदा जितेन्द्र यादव, हरीशंकर शाह र विवेक यादवले समान १–१ विकेट झारे। खेलमा अर्जुन रनआउट भए।


प्रकाशित: Jan 11, 2022| 14:29 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।