शनिबार, असार २०, २०८३

कर्णालीसँग प्रदेश १ को ३१ रनको हार

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश १ ले पहिलो हार बेहोरेको छ। पहिलो खेलमा आर्मीसँग पराजित कर्णालीले दोस्रो खेलमा प्रदेश १ लाई ३१ रनले हराएको हो।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश १ ले पहिलो हार बेहोरेको छ। पहिलो खेलमा आर्मीसँग पराजित कर्णालीले दोस्रो खेलमा प्रदेश १ लाई ३१ रनले हराएको हो।

मूलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १२० रन बनाएको थियो। यससँगै १२१ रनको लक्ष्य पाएको प्रदेश एकले १३ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएर ८९ रनमा समेटिएपछि  ३१ रनको हार बेहोरेको हो।

खेलमा कर्णालीका कप्तान रविन्द्र शाहीले ४१ बलमा ३६ रन बनाए। त्यस्तै, विपिन रावलले ११ रन बनाउँदा पाँचौं नम्बरमा मैदान छिरेका प्रकाश जैशीले २५ रन बनाए। राज शाहले १५ रन बनाए।

बलिङतर्फ प्रदेश १ का मुकुन्द यादवले तीन विकेट लिए भने फिरोद अन्सारीले दुई विकेट गिराए। एक विकेट लिनेमा कमल खत्री र सिद्धान्त लोहनी रहे।

जवाफी ब्याटिङमा प्रदेश १ का कुनै खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। सिद्धान्तले १४ रन, दिपेश कँडेल र श्रवण यादवले समान १५–१५ र फिर्दोश अन्सारीले २३ रन बनाए। यसबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

बलिङमा कर्णालीका अनुज चनाराले चार विकेट लिए भने दिवन पुनले दुई विकेट लिए। त्यस्तै, दिनेश अधिकारी, अनुप कुँवर र प्रशाक जैसीले समान १–१ विकेट लिए। 

आज प्रदेश १ ले पहिलो प्रतियोगितामा पहिलो खेलमै हार बेहोरेको छ। पहिलो खेलमा हार बेहोरेको कर्णालीले दोस्रो खेलमा जित निकाल्दै दुई अंक जोडेको छ।

प्रकाशित: Jan 11, 2022| 13:01 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।