काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा विभागीय क्लब पुलिसले जित निकालेको छ। पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई हराएर दुई अंक जोडेको पुलिसले आज लगातार दुई खेल जित्दै चार अंक बनाएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा पुलिसले १५ बल बाँकी रहँदै छ विकेट गुमाउँदै १४१ रन बनाएर लक्ष्य पुरा गरेको हो। त्यसअघि आर्मीले १९ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १३७ रन बनाएको छ।
आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन बनाए भने ओपनर सोमपाल कामीले ४२ रन बनाए। त्यस्तै, हरी चौहान, शुसन भारी र कुशल मल्लले समान १२-१२ रन बनाए।
यता पुलिसका करण केसी, योगेन्द्र सिंह, गुल्सन झा, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले क्रमशः ४,२, २, १ र १ विकेट गिराए।
जवाफमा पुलिसका कुशल भुर्तेलले ३५ रन बनाए भने अनिल शाहले २२ रन बनाए। त्यस्तै, आरिफ शेख, दिलिप नाथ र राशिद खानले क्रमशः १०,
बलिङमा जितेन्द्र मुखियाले दुई विकेट लिँदा शाहब आलमले तीन विकेट गिराए। त्यस्तै, कुशल मल्लले एक विकेट लिए।