शनिबार, असार २०, २०८३

प्रदेश १ लाई कर्णाली प्रदेशद्वारा १२० रनको लक्ष्य

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाीलीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १२० रन बनाएको छ। यससँगै प्रदेश १ ले १२१ रनको लक्ष्य पाएको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश १ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाीलीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १२० रन बनाएको छ। यससँगै प्रदेश १ ले १२१ रनको लक्ष्य पाएको छ।

कर्णालीका कप्तान रविन्द्र शाहीले ४१ बलमा ३६ रन बनाए। त्यस्तै, विपिन रावलले ११ रन बनाउँदा पाँचौ नम्बरमा मैदान छिरेका प्रकाश जैशीले २५ रन बनाए। राज शाहले १५ रन बनाए।

बलिङतर्फ प्रदेश १ का मुकुन्द यादवले तीन विकेट लिए भने फिरोद अन्सारीले दुई विकेट गिराए। एक विकेट लिनेमा कमल खत्री र सिद्धान्त लोहनी रहे।

आज प्रदेश १ ले पहिलो यो प्रतियोगितामा पहिलो खेल खेलिरहेको छ भने कर्णालीले पहिलो खेलमा हार बेहोरेको छ।

प्रकाशित: Jan 11, 2022| 11:09 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।