शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आर्मी भर्सेस पुलिस : समूह विजेताका प्रवेल दाबेदार आर्मीले दियो प्रतिस्पर्धात्मक लक्ष्य

आर्मी भर्सेस पुलिस : समूह विजेताका प्रवेल दाबेदार आर्मीले दियो प्रतिस्पर्धात्मक लक्ष्य

समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा विभागीय क्लब पुलिस र आर्मीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।

समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

यो खेलका विजेता समूह विजेताको प्रवल दोवेदारसमेत हुन्। खेलमा आर्मीले १९ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १३७ रन बनाएको छ। यससँगै पुलिसले १३८ रनको लक्ष्य पाएको छ।

आमीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन बनाए भने ओपनर सोमपाल कामीले ४२ रन बनाए। त्यस्तै, हरी चौहान, शुसन भारी र कुशल मल्लले समान १२-१२ रन बनाए।

यता पुलिसका गल्सन करण केसी, योगेन्द्र सिंह, गुल्सन झा, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले क्रमशः ४,२, २, १ र १ विकेट गिराए।

प्रकाशित: Jan 11, 2022| 10:56 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।