काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा विभागीय क्लब पुलिस र आर्मीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।
समूह ए अन्तर्गतको सबैभन्दा बिलियोटिममध्येका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई आर्मीले १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
यो खेलका विजेता समूह विजेताको प्रवल दोवेदारसमेत हुन्। खेलमा आर्मीले १९ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १३७ रन बनाएको छ। यससँगै पुलिसले १३८ रनको लक्ष्य पाएको छ।
आमीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन बनाए भने ओपनर सोमपाल कामीले ४२ रन बनाए। त्यस्तै, हरी चौहान, शुसन भारी र कुशल मल्लले समान १२-१२ रन बनाए।
यता पुलिसका गल्सन करण केसी, योगेन्द्र सिंह, गुल्सन झा, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले क्रमशः ४,२, २, १ र १ विकेट गिराए।