काठमाडौं- अफ्रिकाको सर्वाधिक ठुलो प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा सोमबार राति सम्पन्न खेलमा मोरोक्कोले जित निकालको छ।
समूह सी अन्तर्गत अहमदोउ अहिजो रंगशालामा भएको खेलमा मोरोक्कोले घानालाई १-० गोलअन्तरले हराएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सोफियनी बोएफलले ८३औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै, गुनियाले मलावीलाई १-० गोलअन्तराले हराएको छ भने सोहि गोलअन्तरमा सेनेगलले जिम्वाबेलाई हराएको थियो।