शुक्रबार, माघ २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कपको दोस्रो दिन त्रिवि मैदानमा हुँदैछन् महत्वपूर्ण दुई खेल

पीएम कपको दोस्रो दिन त्रिवि मैदानमा हुँदैछन् महत्वपूर्ण दुई खेल

काठमाडौंमा सोमबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन मंगलबार चार खेल हुँदैछन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– काठमाडौंमा सोमबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको दोस्रो दिन मंगलबार चार खेल हुँदैछन्। प्रतियोगिताका दुई खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछन् भने बाँकी दुई खेल मूलपानी क्रिकेट मैदानमा।

National life

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मी प्रतियोगिताको साविक विजेता पनि हो। त्यसैले आर्मी पुलिसलाई हराउँदै अपराजित रहँदै यो वर्ष पनि फाइनल पुग्न चाहन्छ।

यता पुलिस पनि पछिल्लो वर्ष पहिलो पटक आयोजना भएको काठमाडौं मेयर कपको उपाधि विजेता हो। त्यसैले ऊ पनि लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ। यस हिसाबले आजको यो खेल निकै महत्वपूर्ण छ। यी दुवै टिम उपाधि दावेदारसमेत हुन्।

त्रिवि मैदानमै दिउँसो सवा १ बजेबाट सुरु हुने खेलमा भने बागमती प्रदेशले एपीएफ क्लबको सामना गर्नेछ। यी दुई टिम पनि निकै बलिया टिम हुन्। एपीएफ पीएम कप र मेयर कप दुवैमा फाइनलमा पुगेको थियो। तर उसले जित निकाल्न सकेन। त्यसैले ऊ यो वर्ष उपाधि जित्ने दाउमा छ।

पछिल्लो सिजन बाँकी दुई विभागीय टिम (आर्मी र एपीएफ) ले एक–एक उपाधि जित्दा एपीएफ उपाधिविहिन बनेको थियो। त्यसले ऊ यो वर्ष केहि बलियो भएर आएको छ।

Laxmi sunrise bank
kumari

यता ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीमा पनि निकै राम्रा खेलाडीको उपस्थिति छ। त्रिवि मैदानमा हुने यो खेल पनि निकै महत्वपूर्ण छ। समूह ए र बीबाट सेमिफाइनलमा पुग्ने बलियो सम्भावना भएका चार टिमको खेल आज त्रिवि मैदानमा हुँदैछ। पहिलो दिनको खेलमा पनि यी चार टिमले जित निकालेर समान २–२ अंक जोडिसकेका छन्।

यता मूलपानी मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुने खेलमा प्रदेश १ ले कर्णाली प्रदेशको सामना गर्नेछ। जारी प्रतियोगिताको कमजोरमध्येका दुई टिम हुन् यि। त्यसैले यि दुई टिममा को बलियो भन्ने भावनाका साथ मैदानमा उपस्थित हुनेछन्।

मूलपानी मैदानमा दिउँसो सवा १ बजे हुने खेलमा चाहिँ प्रदेश २ ले गण्डकी प्रदेशको सामना गर्नेछ। पहिलो दिनको खेलमा कर्णाली र प्रदेश २ ले हार बेहोरेका छन् भने गण्डकी र प्रदेश १ ले पहिलो खेल खेल्दैछन्।

प्रकाशित: Jan 11, 2022| 07:30 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।