शनिबार, असार २०, २०८३

प्रदीप र आशिफको सानदार साझेदारीमा एपीएफको जित

विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ।

त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा एपीएफले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो। खेलमा १६४ रनको लक्ष्य पाएको प्रदेश २ ले जवाफमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३९ रन बनाएपछि एपीएफले २४ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको एपीएफका ओपनर प्रदीप ऐरी र आशिफ शेखले सादानर प्रदर्शन गरे। उनीहरुले १२० रनको साझेदारी गरेसँगै एपीएफले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको थियो।

खेलमा प्रदिपले ४८ बलमा ६० रन बनाए भने आशिफले ४५ बलमा ६३ रन जोडे। दुवै खलाडीलाई रितेस सिंहले पेवेलियन फर्काएका थिए। एपीएफका सन्दिप जोराले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। रितेशले चार विकेट गिराउँदा विवेक यादवले एक विकेट गिराए।

जवाफमा प्रदेश २ का हरीशंकर शाहले ३६ रन बनाए भने मोहम्मद आदिल आलमले ३५ रन बनाए। त्यस्तै, सुरज पटेलले १५ र विवेक यादवले १३ रन जोडे। बलिङतर्फ एपीएफका कमल ऐरी, अभिनास बोहरा र भुवन कार्कीले समान २–२ विकेट गिराए। किशोर महतो र सरद भेषावकरले पनि १–१ विकेट लिए।

यससँगै पीएम कपको पहिलो दिनको खेल सकिएको छ। पहिलो दिन आर्मी, पुलिस, एपीएफ र बाग्मति प्रदेशले जित निकालेका छन्। यि टिमले जित निकाल्दै दुईदुई अंक जोडेका छन्। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश २ ले हार बेहोरेका छन्।


प्रकाशित: Jan 10, 2022| 17:17 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।