शनिबार, असार २०, २०८३

पीएम कपमा बागमतीसँग लुम्बिनी प्रदेश ४९ रनले पराजित

जारी प्रधानमन्त्री कप पुरुष टी२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई हराउन ११५ रनको लक्ष्य पाएको लुम्बिनी प्रदेशले ४९ रनको हार बेहोरेको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– जारी प्रधानमन्त्री कप पुरुष टी२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई हराउन ११५ रनको लक्ष्य पाएको लुम्बिनी प्रदेशले ४९ रनको हार बेहोरेको छ।

मूलपानी क्रिकेट रंगशालामा सम्पन्न सोमबारको चौथो खेलको पहिलो पारीमा टस जितेर ब्याटिङ रोजेको बागमतीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर ११४ रन बनाएको थियो।

जवाफमा लुम्बिनी १५ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ६५ रनमा समेटिएपछि बागमतीले सानदार जित निकालेको हो। बागमतीका लागि इशान पाण्डेले १३ रन बनाए भने सुवास खकुरेलले ५१ रन जोडे। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

खेलमा खकुरेलले ५३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा अर्धसतकीय पारी खेलेका हुन्। लुम्बिनीका दुर्गेश गुप्ताले दुई विकेट लिँदा अनिल खकुरेलले पनि समान दुई विकेट गिराए। सिद्धान्त शाही, बसिर अहमद र विक्रम भुषालले समान १–१ विकेट लिए।

जवाफमा लुम्बिनीका कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। बागमतीका नन्दन यादवले तीन विकेट गिराउँदा सुवास खत्री, रामनरेश गिरी र तिलक भण्डारीले समान २–२ विकेट लिए। एक विकेट लिनेमा रिजन ढकाल रहे।


प्रकाशित: Jan 10, 2022| 16:57 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।