काठमाडौं- विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा प्रदेश २ लाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवी क्रिकेट मैदानमा जारी खेलमा एपीएफले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर १६३ रन बनाएको हो।
टस जितेर ब्याटिङ रोजेको एपीएफका ओपनर प्रदिप ऐरी र आशिफ शेखले सादानर प्रदर्शन गरे। उनीहरुले १२० रनको साझेदारी गरेसँगै एपीएफले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको हो।
खेलमा प्रदिपले ४८ बलमा ६० रन बनाए भने आशिफले ४५ बलमा ६३ रन जोडे। दुवै खेलाडीलाई रितेस सिंहले पेवेलियन फर्काएका थिए।
एपीएफका सन्दिप जोराले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। रितेशले चार विकेट गिराउँदा विवेक यादवले एक विकेट गिराए।