शनिबार, असार २०, २०८३

एपीएफले प्रदेश २ लाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

टस जितेर ब्याटिङ रोजेको एपीएफका ओपनर प्रदिप ऐरी र आशिफ शेखले सादानर प्रदर्शन गरे। उनीहरुले १२० रनको साझेदारी गरेसँगै एपीएफले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको हो।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- विभागीय टिम एपीएफले जारी प्रधानमन्त्री कप पुरुष टी २० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा प्रदेश २ लाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवी क्रिकेट मैदानमा जारी खेलमा एपीएफले पुरा ओभर खेल्दै पाँच विकेट गुमाएर १६३ रन बनाएको हो।

टस जितेर ब्याटिङ रोजेको एपीएफका ओपनर प्रदिप ऐरी र आशिफ शेखले सादानर प्रदर्शन गरे। उनीहरुले १२० रनको साझेदारी गरेसँगै एपीएफले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको हो।

खेलमा प्रदिपले ४८ बलमा ६० रन बनाए भने आशिफले ४५ बलमा ६३ रन जोडे। दुवै खेलाडीलाई रितेस सिंहले पेवेलियन फर्काएका थिए।

एपीएफका सन्दिप जोराले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। रितेशले चार विकेट गिराउँदा विवेक यादवले एक विकेट गिराए।

प्रकाशित: Jan 10, 2022| 15:10 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।