शनिबार, असार २०, २०८३

प्रधानमन्त्री कप टी २० को उद्घाटन खेलमा आर्मी ६३ रनले विजयी

प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ६३ रनले हराएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ६३ रनले हराएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आर्मीले १९ ओभर एक बल ओभर खेल्दै नौ विकेट गुमाएर ११६ रन बनाएको थियो। पहिलो पारीको अन्तिममा ब्याटिङमा आउनुपर्ने सोनु तामाङ एबसेन्ट हर्टभएपछि पहिलो इनिङ पाँच बल अघि नै सकियो।

११७ रनको लक्ष्य पाएको कर्णालीले जवाफी ब्याटिङमा राम्रो गर्न सकेन। उसले १४ ओभर चार बल बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ५३ रन मात्र बनाउन सकेपछि खेल आर्मीले जितेको हो।

आर्मीका ओपनिङमा आएका सोमपाल कामीले ९ रन बनाए। त्यस्तै, हरि चुनराले २० रन बनाए भने रोहित पौडेलले १० र विनोद भण्डारीले पनि २९ रनको योगदान दिए।

खेलमा विनोदले सर्वाधिक धेरै रन बनाएका हुन्। त्यस्तै, कुशल मल्लले १० र सुशन भारीले ८ रन बनाए।

प्रतियोगितामा कमजोर मानिएको कर्णालीले भने अपेक्षाभन्दा राम्रो बलिङ गर्‍यो। उसले आर्मीको ९ विकेट गिरायो। प्रकाश जैसीले १७ रन दिँदै तीन विकेट लिए भने अनुज चुनराले चार ओभर बलिङ गर्दै दुई विकेट लिए।

एक विकेट लिनेमा दिनेश अधिकारी, रवीन्द्र शाही र राज शाहले समान १–१ विकेट लिए।

जवाफमा कर्णालीका रवीन्द्र शाहीले १६ र अर्जुन घर्तीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले कमजोर प्रदर्शन गरे। यता आर्मीका जितेन्द्र मुखियाले चार विकेट गिराउँदा सुशन भारी र साहब आलमले समान २–२ विकेट लिए।

त्यस्तै, सोमपाल कामी र विक्रम शोबले पनि समान १–१ विकेट लिए।

प्रकाशित: Jan 10, 2022| 12:52 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।