काठमाडौं- नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशमा आज सम्पन्न म्याराथनमा काश्य पदक जितेकी छन्। दक्षिण एसियाली कोटामा सहभागी भएकी भण्डारीले सोमबार काश्य पदक जितेकी हुन्।
पछिल्लो वर्ष सोहि विधामा स्वर्ण जितेकी उनले यो वर्ष टाइमिङमा सुधार गरे पनि उनले स्वर्ण पदक पाउन सकिनन्। गतवर्ष उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा सो दुरी पार गरेकी थिइन्।
यो वर्ष उनले चार मिनेटभन्दा धेरै समय सुधार गरेकी थिइन। सोमबार उनले दुई घण्टा ५५ मिनेट र ३५ सकेन्डमै निर्धारित दुरी पार गरिन्। यद्यपी उनले भारतीय खेलाडीलाई हराउन सकिनन्। पुष्पालाई पछि पार्दै दुई घण्टा ५३ मिनेट २८ सेकेन्डमा दौड पुरा गरेकी दतात्त्रय पाटिलले स्वर्ण जितिन् भने ज्योति गवाटेले २ घण्टा ५४ मिनेट १५ सकेन्डमा निर्धारित दुरी पार गर्दै रजत जितिन्।
बंगलादेशाको ढाकामा सम्पन्न प्रतियोगितामा नेपालका दुई पुरुष खेलाडीले पनि सहभागिता जनाएका थिए। तर उनीहरुले पदक जित्न सकेनन्। त्यहाँ नेपालका किरण सिंह बोगटी र नरेन्द्र सिंह रावतले सहभागीता जनाएका थिए।