काठमाडौं – प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत सोमबार जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा आर्मीले १९ ओभर एक बल ओभर खेल्दै नौ विकेट गुमाएर ११६ रन बनाएको हो।
खेलमा अन्तिममा ब्याटिङमा आउनुपर्ने सोनु तामाङ एबसेन्ट हर्ट भएपछि पहिलो इनिङ पाँच बलअघि नै सकिएको छ।
आर्मीका ओपनिङमा आएका सोमपाल कामीले ९ रन मात्र बनाए। त्यस्तै, हरि चुनराले २० रन बनाए भने रोहित पौडेलले १० र विनोद भण्डारीले पनि २९ रन बनाए।
विनोदले सर्वाधिक धेरै रन बनाएका हुन्। कुशल मल्लले १० र सुशन भारीले ८ रन बनाए।
कमजोर मानिएको कर्णालीले भने अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्यो। उसले आर्मीको ९ विकेट लियो। प्रकाश जैसीले १७ रन दिँदै तीन विकेट लिए भने अनुज चुनराले चार ओभर बलिङ गर्दै दुई विकेट लिए। एक विकेट लिनेभा दिनेश अधिकारी, रवीन्द्र शाही र राज शाहले समान १–१ विकेट लिए।