शनिबार, असार २०, २०८३

कर्णालीलाई आर्मीको ११७ रनको लक्ष्य

प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत सोमबार जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं – प्रधानमन्त्री कप टी २० क्रिकेट अन्तर्गत सोमबार जारी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा आर्मीले १९ ओभर एक बल ओभर खेल्दै नौ विकेट गुमाएर ११६ रन बनाएको हो।

खेलमा अन्तिममा ब्याटिङमा आउनुपर्ने सोनु तामाङ एबसेन्ट हर्ट भएपछि पहिलो इनिङ पाँच बलअघि नै सकिएको छ।

आर्मीका ओपनिङमा आएका सोमपाल कामीले ९ रन मात्र बनाए। त्यस्तै, हरि चुनराले २० रन बनाए भने रोहित पौडेलले १० र विनोद भण्डारीले पनि २९ रन बनाए।

विनोदले सर्वाधिक धेरै रन बनाएका हुन्। कुशल मल्लले १० र सुशन भारीले ८ रन बनाए।

कमजोर मानिएको कर्णालीले भने अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्‍यो। उसले आर्मीको ९ विकेट लियो। प्रकाश जैसीले १७ रन दिँदै तीन विकेट लिए भने अनुज चुनराले चार ओभर बलिङ गर्दै दुई विकेट लिए। एक विकेट लिनेभा दिनेश अधिकारी, रवीन्द्र शाही र राज शाहले समान १–१ विकेट लिए।

प्रकाशित: Jan 10, 2022| 11:20 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।