काठमाडौं – मूलपानी त्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल प्रहरीसँग ९४ रनको लक्ष्य पाएको छ। पुलिसले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा ९३ रन बनाएपछि सुदूरपश्चिमले ९४ रनको लक्ष्य पाएको हो। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ओपनिङमा राम्रो सुरुआत गरे पनि त्यसपछि राम्रो प्रदर्शन गर्न सकेन।
पुलिसका कुशल भुर्तेलले २१ रन बनाए भने पवन सर्राफले २० रन बनाएका छन्। त्यसबाहेक आरिफ शेखले मात्र जोर अंकमा रन बनाए।
यता सुदूरपश्चिमले सानदार बलिङ गरेको छ। नारायण जोशीले चार ओभर बलिङ गर्दै १८ रन दिएर तीन विकेट लिए। त्यस्तै, तीन ओभर बलिङ गरेका आदित्य महताले ९ रन मात्र दिएर तीन विकेट गिराए। शेर मल्लले पनि दुई विकेट गिराएका छन्।