शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिवि मैदानमा फ्लड लाइट राख्ने प्रक्रिया सुरु भइसक्यो : मन्त्री गहतराज

त्रिवि मैदानमा फ्लड लाइट राख्ने प्रक्रिया सुरु भइसक्यो : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा फ्लड लाइटको प्रक्रिया सुरु भएको बताएका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा फ्लड लाइटको प्रक्रिया सुरु भएको बताएका छन्। देशकै एकमात्र र महत्त्वपूर्ण क्रिकेट मैदानमा रूपमा रहेको टियू मैदानमा उनले फ्लडलाईटको प्रक्रिया सुरु भएको बताएका छन्।

उनले भने, ‘टियूको यो मैदानमा पनि फ्लड लाइट राख्ने प्रक्रिया अघि बढिसकेको छ। मैले मन्त्रालय सम्हाल्ने बित्तिकै क्रिकेटका साथीहरू यसका लागि आउनु भएको थियो। फ्लड लाइटको व्यवस्था गर्ने बित्तिकै रातको समयमा पनि खेल सञ्चालन हुने अवस्था बन्छ।’

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटको अभावमा रातको समयमा खेल हुन सकेको छैन। त्यसैले नेपाली खेलाडीले फ्लड लाइटमा खेल्नुको अनुभव गर्न सकेका छैनन्। यसले अन्तर्राष्ट्रिय स्तरमा खेल्न जाने नेपाली खेलाडीको प्रदर्शनमा पनि प्रभाव पार्ने गरेको छ।

त्यस्तै कतिपय प्रतियोगितामा एकै दिन दुई खेल गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा साँझको समयमा पुगेका खेल स्थगित पनि हुने गरेको छ। पछिल्लो पर्याप्त प्रकाशको कमी भएकै कारण समय एभरेस्ट प्रिमियर लिग (ईपीएल) कै खेल खेलको सुपर ओभर पनि हुन सकेको थिएन।

त्यस्तै, फ्डलाइटमा खेल नुहुँदा क्रिकेट आयोजकले साँझमा खेल हेर्न आउने खेलाडीबाट आउने टिकट मूल्य बराबरको आम्दानी गर्न सकेको छैन।

तर अब यो मैदानमा फ्लड लाइट राखिने मन्त्री गहतराजले बताए। ‘मैले मन्त्रालयका र राखेका सदस्यहरूलाई अबका जति पूर्वाधार बन्छन् ती सबै अन्तर्राष्ट्रिय स्तरका बन्नुपर्छ साथै रातको सममा पनि काम आउन सक्ने खालका हुनुपर्छ,’ उनले भने, ‘उनले त्यो अनुसारको डिपीआर बनाउने बताएका छन्। उनले मन्त्रालयको सिंगो टिम पूर्वाधारको विकासमा लागेको पनि बताएका छन्।’

त्यस्तै उनले मूलपानी मैदान पनि छिटो सम्पन्न गर्ने गरी काम सुरु गरेको बताएका छन्। उनले भने, ‘मूलपानी मैदानलाई चाँडो भन्दा चाँडो सम्पन्न तयारी हामीले सुरु गरेका छौं। उनले त्यसलाई आफ्नै कार्यभारमा पारेको पनि जानकारी दिएका छन्।’

अब सेप्टेम्बर १० देखि २५ सम्म चीनमा एसियाली गेम्स हुँदैछ। त्यसैले, उनले एसियाली खेलकुदका लागि बोर्डमा खेलको जानकारी दिइसकेको बताएका छन्। त्यस्तै अहिले राष्ट्रिय खेलकुदका लागि खेलकुदका सबै अंगले त्यसका लागि नै काम गरिरहेको बताएका छन्।

त्यस्तै, उनले राखेपको सदस्य सचिवको अदालतमा जारी मुद्दालाई अदालतले चाँडो अन्त्य गर्नुपर्ने बताए। उनले टंकलाला घिसिङ नै सदस्य सचिव हुन पर्नेमा पनि जोडि दिएका छन्।

उनले खेलाडीलाई अंकित गर्दै अन्तिममा भने, ‘खेलको मर्यादाभित्र रहेर उत्साहपूर्वक सहभागी हुनुहुनेछ भन्ने आशा लागेका छ।’

प्रकाशित: Jan 10, 2022| 11:05 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।