शनिबार, असार २०, २०८३

प्रधानमन्त्री कप आजबाट: पहिलो दिन नै चार खेल

कीर्तिपुरको टियू क्रिकेट मैदानमा विहान साढे ९ बजेबाट सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्नेछ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। कीर्तिपुरको टियू क्रिकेट मैदानमा विहान साढे ९ बजेबाट सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्नेछ।

त्यस्तै, सोहि मैदानमा आजै हुने अर्को खेलमा भने नेपाल एपीएफ क्लबले प्रदेश २ को सामना गर्नेछ। यता मुलपानी मैदानमा पनि आज दुई खेल नै हुनेछन्। सो मैदानमा हुने पहिलो खेलमा पुलिस क्लबले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ। 

त्यस्तै, दोस्रो खेलमा भने बाग्मति प्रदेशले लुम्बिनी प्रेदेशको सामना गर्नेछ। प्रधामन्त्री कपको चौथो संस्करणमा आर्मी विजेता बनेको थियो भने एपीएफ उपविजेता बनेको थियो।

प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। माघ ४ गते हुने सेमिफाइनलमा विजेता दुई टिमले माघ ५ गते फाइनल खेल्नेछन्।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्ने खलाडी राष्ट्रिय टिमको क्याम्पमा पर्ने प्रशिक्षक पुबुदु दाशनायकेले बताएका छन्।

अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ३० खेलाडी छन्। ती खेलाडीलाई छान्नका लागि पनि प्रधानमन्त्री कप सहयोगी हुने दाशानायकेको भनाइ छ।

प्रकाशित: Jan 10, 2022| 09:20 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।