काठमाडौं- इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रोमाले युभेन्टससँग ४-३ को हार बेहोरेको छ।
रोमाको मैदानमा सम्पन्न खेलमा सुरुआति अग्रता बनाए पनि घरेलु टिमले हार बेहोरेको हो। रोमाका टामी अब्राहले खेलको ११औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर उसले त्यो अग्रता जोगाउन सकेन।
खेलको १८औं मिनेटमा युभेन्टसका पाउलो डिबालाले गोल गरे। यससँगै पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। ४८औं मिनेटमा रोमाले पुन अग्रता बनायो। यसपटक मखहितरानले गोल गरे। त्यस्तै, ५३ औं मिनेटमा पलेग्रिनीले गोल गरेपछि रोमाले ३-१ को अग्रता बनाएको थियो।
तर युभेन्टसले सात मिनेटमा तीन गोल फर्काउँदै लिड आफ्नो हातमा पार्यो। ७०, ७३, र ७७औं मिनेटमा गोलको सामना गरेपछि रोमा मनोबैज्ञानिक रुपमै पतन भएको खेलपछि प्रशिक्षक जासे माउरिन्होले बताएका छन्।
खेलको ८१औं मिनेटमा युभेन्टसका डिफेन्डर डि लिग्ट डबल यल्लो कार्ड खाँदै बाहिरिएका थिए। उनले ह्यान्डबल गरेपछि रोमाले पेनाल्टीबाट खेललाई बराबरी गर्ने अवसर पाएको थियो। तर पलेग्रिनीले पेनाल्टीलाई गोलमा बदल्न सकेनन्। यससँगै रोमाले हार बहोर्यो।
त्यस्तै, सिरी एकै अर्को खेलमा भने इन्टर मिलानले लाजियोलाई २-१ गोलअन्तरले हराएको छ। त्यस्तै, उडिनेसको पोस्टमा एटलान्टाले आधा दर्जन गोल गर्दै जित निकालेको छ।