काठमाडौं- प्रिमियर क्लब लिभरपुल र टोटेनहम हट्स्पर इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेका छन्। शनिबार राति सम्पन्न खेलबाट जित निकाल्दै यी दुई क्लब अघिल्लो चरणमा पुगेका हुन्।
लिभरपुलको एनफिल्ड रंगशालामा भएको खेलमा उसले पाहुना टिम स्रोएसबरीलाई ४-१ ले हराएको हो। लिभरपुलका लागि कोइडे गोर्डोन, रोबर्टो फर्मिनाले समान १-१ गोल गरे भने फाबिन्होले दुई गोल गरे।
यता स्रोएसबरीका लागि ड्यानियल उडोहले एक गोल गरेका थिए। चौथो चरणमा लिभरपुलले कार्डिफ सिटीसँग खेल्नेछ भने टोटेनहमले ब्राइटोनसँग खेल्नेछ।
त्यस्तै, घरेलु मैदानमै टोटेनहमले पाहुना टोली मकामलाई ३-१ कोअन्तरले हराएको छ। टोटेनहमका लागि ह्यारी विंक्स, लुकास मोउरा र ह्यारी केनले गोल गरेका थिए। त्यस्तै आर्सनलले भने नट्टम फरेस्टसँग १-० गोलअन्तरको हार बेहोरेको छ।