काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको आइताबार साँझ सम्पन्न खेलमा थ्रिस्टार क्लबले हिमालयन शेर्पा क्बलाई २–० गोलअन्तरले हराएको छ।
त्रिपुरेश्वरको दरशथ रंगशालामा भएको खेलमा थ्रिस्टारले शेर्पाविरुद्ध जित निकालेको हो। थ्रिस्टारलाई जित दिलाउन रितिक कुमार खड्का र घनिफा अन्सुमाना करोमले समान १–१ गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दुवै गोल दोस्रो हाफमा भएका थिए। ५७ औं मिनेटमा खड्काले गोल गरे भने इन्ज्युरी समयमा करोमले गोल गरेका थिए।
आजको जितसँगै थ्रिस्टार क्लबले आठ खेलबाट १३ अंक बनाएको छ। अहिले थ्रिस्टार अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ। पाँचौ स्थानको हिमालयन शेर्पा भने छैटौं स्थानमा झरेको छ।