शनिबार, असार २०, २०८३

शेर्पाविरुद्ध थ्रिस्टारको जित

सहिद स्मारक ए डिभिजन लिगको आइताबार साँझ सम्पन्न खेलमा थ्रिस्टार क्लबले हिमालयन शेर्पा क्बलाई २–० गोलअन्तरले हराएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको आइताबार साँझ सम्पन्न खेलमा थ्रिस्टार क्लबले हिमालयन शेर्पा क्बलाई २–० गोलअन्तरले हराएको छ। 

त्रिपुरेश्वरको दरशथ रंगशालामा भएको खेलमा थ्रिस्टारले शेर्पाविरुद्ध जित निकालेको हो। थ्रिस्टारलाई जित दिलाउन रितिक कुमार खड्का र घनिफा अन्सुमाना करोमले समान १–१ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दुवै गोल दोस्रो हाफमा भएका थिए। ५७ औं मिनेटमा खड्काले गोल गरे भने इन्ज्युरी समयमा करोमले गोल गरेका थिए।

आजको जितसँगै थ्रिस्टार क्लबले आठ खेलबाट १३ अंक बनाएको छ। अहिले थ्रिस्टार अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ। पाँचौ स्थानको हिमालयन शेर्पा भने छैटौं स्थानमा झरेको छ।

प्रकाशित: Jan 09, 2022| 19:41 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।