आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सहमति विपरीत पठनपाठन सञ्‍चालन गरेपछि नोवेल मेडिकल कलेजमा तनाव

सहमति विपरीत पठनपाठन सञ्‍चालन गरेपछि नोवेल मेडिकल कलेजमा तनाव

नोवेल मेडिकल कलेज विराटनगरले प्रशासन कार्यालयमा भएको सहमति विपरित पठन पाठन सञ्चालन गरेपछि तनाव सिर्जना भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई अन्य विद्यार्थीलाई मात्रै राखेर कक्षा सुरु भएपछि आइतबार नोवेल मेडिकल कलेज विराटनगरमा विद्यार्थीले तोडफोड गरेका हुन्।
 |  आइतबार, पुस २५, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, पुस २५, २०७८

विराटनगर- नोवेल मेडिकल कलेज विराटनगरले प्रशासन कार्यालयमा भएको सहमति विपरित पठन पाठन सञ्चालन गरेपछि तनाव सिर्जना भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई अन्य विद्यार्थीलाई मात्रै राखेर कक्षा सुरु भएपछि आइतबार नोवेल मेडिकल कलेज विराटनगरमा विद्यार्थीले तोडफोड गरेका हुन्। 

National life

तोडफोडका क्रममा केही विद्यार्थी घाइतेसमेत भएका छन्। विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरित नोवेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। उनीहरुलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरुले नोवेलमा तोडफोड गरेका हुन्।

नोवेल अस्पताल परिसर केहीवेर तनावग्रस्त बनेको थियो। नोवेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो। तर, आइतबार थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको अनेरास्ववियुका नेता तुलसी घिमिरेले बताए। मेडिकल कलेज अगाडि रिले अनसन बस्न गएका विद्यार्थीमाथि त्यहाँ कार्यरत सुरक्षागार्डहरूले आक्रमण गरेको घिमिरेले बताए। 


सुरक्षागार्डहरुको आक्रमणबाट नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगत घाइते भएका छन्।

Laxmi sunrise bank
kumari

नोवेल मेडिकल कलेजमा सय विद्यार्थीको कोटा छ। कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये २४ जनाले अतिरिक्त शुल्क बुझाएका छन्। उनीहरुको पठन–पाठन भइरहेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन्। विद्यार्थीका अनुसार नौ भारतीय, १० छात्रवृत्ति र ५ जनाले अतिरिक्त बुझाएकालाई कलेजले माथिल्लो तलामा राखेर पढाई रहेको छ। 

चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरीत नोवेलले ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। पुस १४ गतेदेखि विद्यार्थी आन्दोलनमा छन्।


प्रकाशित: Jan 09, 2022| 17:49 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।