शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

संक्रमण तीव्र बढ्नुको कारण दलका गतिविधि नै हो त?

गत आइतबारको तुलनामा यो आइतबार पाँच गुणा बढीमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
 |  आइतबार, पुस २५, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, पुस २५, २०७८

काठमाडौं– नेपालमा कोरोना संक्रमण दर दैनिक बढ्दो छ। गत आइतबारको तुलनामा यो आइतबार पाँच गुणा बढीमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

triton college

जनस्वास्थ्यविद्हरू कोरोना संक्रमण बढ्नुको एउटा कारणमा राजनीतिक दलका गतिविधि पनि प्रमुख कारक रहेको बताउँछन्। पछिल्लो पटक महाधिवेशन सम्पन्न भएको माओवादीका शीर्ष नेतामा कोरोना संक्रमण हुन थालेपछि उनीहरूको यो भनाइ पुष्टि भएको छ। यद्यपि एमाले, राप्रपा र नेपाली कांग्रेसको महाधिवेशन सकिएको एक महिना बितिसकेको छ।

राजनीतिक दलका महाधिवेशनमा भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगरिएकाले जोखिम बढाएको उनीहरूको ठहर छ। जनस्वास्थ्यविद् शरद वन्त जिम्मेवार बन्नुपर्ने व्यक्तिहरू गैरजिम्मेवार बनिदिँदा संक्रमणको जोखिम बढेको बताउँछन्। विश्वमै कोरोना संक्रमणको जोखिम बढिरहेका बेला नेपालमा पनि संक्रमणको ग्राफ बढ्दो छ।

यसले फेरि स्वास्थ्य अधिकारीहरूलाई चिन्तित तुल्याइदिएको उनले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबार नेपालमा ११६७ संक्रमित थपिएका छन्। यस्तै दुई जनाको निधन भएको छ। अघिल्लो आइतबार जम्मा २१६ संक्रमित थपिएका शनिबा ९४४ जनामा संक्रमण भएको थियो। यस्तै शुक्रबार ९६८, बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका थिए।

आइतबार पुष्टि भएकामध्ये ६१५ जना अर्थात् आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन्। काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। 

Metro Mart
vianet
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, रामप्रसाद सापकोटा, सुबोध शेर्पाली, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, नेता महेन्द्रबहादुर शाहीलगायत थुप्रै नेतामा संक्रमण पुष्टि भएको छ। 

यसले पछिल्ला दिनमा नेपालमा कोरोनाको जोखिम तीव्र हुने संकेत देखाएको वन्तले बताए। केही दिनअघि राजधानीमा माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएको छ। महाधिवेशनमा सहभागी अधिकांश शीर्ष नेताहरूमा कोरोना पुष्टि भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, रामप्रसाद सापकोटा, सुबोध शेर्पाली, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, नेता महेन्द्रबहादुर शाहीलगायत थुप्रै नेतामा संक्रमण पुष्टि भएको छ। 


मा‌ओवादी महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहाुर देउवाका साथमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल। फाइल तस्बिर

यी सबै नेताहरू माओवादीको महाधिवेशनमा सक्रिय थिए। यसले माओवादीको महाधिवेशनमा संक्रमण तीव्र रुपमा फैलिएको पुष्टि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

माओवादीका शीर्ष नेताहरूलाई कोरोना संक्रमण हुँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता साझेदार दलका शीर्ष नेताहरू पनि कन्ट्याकट्रेसिङमा परेका छन्। 

बिहीबार र शुक्रबार बालुवाटारमा राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए। त्यसपछि शनिबार प्रचण्डमा कोरोना पुष्टि भयो। परीक्षण गर्दा माओवादीका अन्य नेतामा पनि संक्रमण पाइएको छ। प्रचण्डसँग भेटेका देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका छन्। यसले गर्दा सबै शीर्ष नेताहरू कन्ट्याकट्रेसिङमा परेका छन्।

नेपालमा २७ जनामा त ओमिक्रोन नै पुष्टि भइसकेको छ। यस्तो अवस्थामा उच्च स्वास्थ्य सावधानी नै उपयुक्त विकल्प हुने स्वाथ्यकर्मीहरूले बताउँदै आएका छन्। भाइरोलोजिस्ट डा. जनक कोइराला भाइरसको प्रकृति फैलिने हुने भएकाले उच्च स्वास्थ्य सावधानी अपनाउनुपर्ने बताउँछन्। नेताहरू स्वास्थ्य सावधानी अपनाउन चुकेकै कारण संक्रमित हुने क्रम बढेको उनको भनाइ छ

‘उहाँहरूले जनतालाई कसरी जोगाउने भन्ने कुरामा ध्यान दिनुपथ्र्याे। तर, त्यसो हुन सकेन। देशभरका कार्यकर्ता भेला गरेर महामारी सार्ने काम भयो। यो गलत हो।’

‘उहाँहरूले जनतालाई कसरी जोगाउने भन्ने कुरामा ध्यान दिनुपर्थ्यो। तर, त्यसो हुन सकेन। देशभरका कार्यकर्ता भेला गरेर महामारी सार्ने काम भयो। यो गलत हो,’ उनी भन्छन्। जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने व्यक्तिहरू नै वेपर्वाह बन्नु चिन्ताको विषय भएको उनी बताउँछन्।

डा. कोइरालाले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भएको बताए। यसअघिका भाइरसभन्दा यसको संक्रमण क्षमता निकै बढी भएकाले ओमिक्रोन फैलिने सम्भावना उच्च रहेको उनले बताए।

‘यसको फैलिने दर तीव्र छ। जुन हाम्रा लागि घातक बन्न सक्छ। अहिले कुनै एक ठाउँमा एक समूहमा देखियो, भोलि अर्को समूहमा देखिन्छ। यस्तो गर्दागर्दै भाइरस आगामी दुईतीन हप्तामा उच्च विन्दुमा पुग्ने हाम्रो आकलन छ’, उनले भने, ‘त्यसैले उच्च सावधानी अपनाउनुपर्छ।’ अस्पताल, बेड, अक्सिजनलगायत आवश्यक कुरालाई पूर्ववत तयारी अवस्थामा राख्न उनले सरकारलाई सुझाव दिएका छन्।

यसको जोखिम कम रहेको भन्दै एकै पटक महामारी भयावह बनिसकेपछि तयारी गर्न लाग्दा ठूलो क्षति हुने भन्दै उनले सरोकारवाला निकायहरू बेलैमा सजग बन्नुपर्ने बताए। ‘यसको संक्रमण दर धेरै भएकाले धेरै संक्रमित हुने छन्। थोरै मानिसलाई असर गर्दा पनि धेरै संक्रमित हुने जोखिम रहेकाले बिरामी संख्या बढ्नेछ। त्यसैले बेलैमा सावधानी अपनाऔं’, उनी भन्छन्।

कोराना पुष्टि भएकाहरूलाई अहिलेदेखि नै सुरक्षित आइसोलेसनमा राख्नुपर्ने डा. कोइरालाले बताए। लकडाउनको अवस्था सिर्जना हुँदा गरिखाने वर्ग निकै मारमा पर्ने भएकाले अहिलेदेखि नै सावधानी र तयारीमा जुट्नुपर्ने उनी बताउँछन्।

जनस्वास्थ्यविद् वन्त पनि कोरोना पुष्टि भएकाहरूलाई सुरक्षित राख्दै बेलैमा उनीहरूको कन्ट्याकट्रेसिङ गर्नुपर्ने बताउँछन्। फ्लाइट हुँदै विदेशबाट आउनेहरूको स्क्रिनिङ हुनुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ। स्थलमार्ग भएर भारतबाट आउनेहरू एन्टिजेन र पीसीआर परीक्षणको दायरालाई पनि व्यापक बनाउनुपर्ने वन्तले बताए। 

‘हामीले दुई महामारीबाट धेरै पाठ सिकिसकेका छौं। सबै महामारीको सर्ने प्रकृति एउटै हो। त्यसैले मास्कको प्रयो गरौं। स्यानिटाइजरको प्रयोग नछोडौं। भीडभाड नगरौं। सफासँग साबुनपानीले हात धुने बानीलाई नछोडौं’, उनले भने।

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी कार्यकर्ता। फाइल तस्बिर

यस्तो नगरेमा फेरि पुरानै नियति भोग्नु पर्ने बेला आउन सक्ने उनी बताउँछन्। अन्य देशमा हेर्दा पनि केही दिनमै कोरोना भाइरस पुनः उच्च विन्दुमा पुगेको पाइएको स्वास्थ्यकर्मीहरूले बताए।

अन्य देशमा कमजोर रहेको ओमिक्रोन नेपालमा पनि कमजोर नै हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएकाले उच्च सावधानी अपनाउनु नै ठूलो बुद्धिमानी भएको वन्तको सुझाव छ। 

छिमेकी भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण भएको छ भने ३२७ जनाको निधन भएको छ। खुला सीमाका कारण नेपालमा पनि जोखिम उच्च रहेकाले अझै कडाइ गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। सरकारले सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको हेल्ड डेस्कमा कोरोना परीक्षण हुँदै आएको छ। यसरी परीक्षण गर्दा कोरोना पुष्टि भएका भारतीयलाई उतै पठाउने गरिएको छ भने नेपालीलाई होम आइसोलेसनमा बस्न आग्रह गरिँदै आएको छ।


प्रकाशित: Jan 09, 2022| 18:15 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्