आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तान अपडेट : हिउँमा रमाउन गएका सयौं अझै अलपत्र, २२ जनाको शव आफन्तलाई बुझाइयो

पाकिस्तान अपडेट : हिउँमा रमाउन गएका सयौं अझै अलपत्र, २२ जनाको शव आफन्तलाई बुझाइयो

पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका २२ जनाको मृत्यु भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका २२ जनाको मृत्यु भएको छ। मरी नामको ठाउँमा हिमपात हेर्न जान लागेका पर्यटक चढेका झन्डै एक हजार सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्।

National life

बीबीसीका अनुसार गाडीमा फसेर मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका छन्। उनीहरुको शव आफन्तलाई हस्तान्तरण गरिएको छ। अधिकांश मृतक हिउँमा फसेका चारवटा गाडीमा थिए। ज्यान गुमाउनेमा इस्लामावादमा कार्यरत एक प्रहरी अधिकृत र उनको परिवारका आठ जना पनि रहेको बताइएको छ।

पाकिस्तानी सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ। पाकिस्तानको राजधानी इस्लामावादबाट उत्तरमा रहेको मरी क्षेत्रमा जानेको संख्या असाध्यै धेरै भएकाले संकट निम्तिएको हो।

मरी नगरमा केही दिनयता एक लाखभन्दा बढी गाडी पुगेको बताइन्छ। उक्त क्षेत्रमा हिउँ खेलेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोमा गाडीहरूको छानासम्मै हिउँ जमेको देखिन्छ।

अस्ति शुक्रबार भने त्यहाँ पर्यटक हिउँमा फसेको कुरा सार्वजनिक भयो। शनिबार पनि हिमपात थपियो तर सवारीसाधनको चाप घटेन। 

Laxmi sunrise bank
kumari

त्यहाँ ग्यास र पानीको अभाव भएको छ। स्थानीयले बाटोमा फसेका पर्यटकलाई ओढ्ने र खाना उपलब्ध गराएका छन्, तर त्यो पर्याप्त छैन।

पाक प्रधानमन्त्री इमरान खानले पर्यटकहरूको मृत्युप्रति शोक व्यक्त गरेका छन्। उनले पर्यटकहरू मौसमको अवस्था विचार नगरी पुगेकाले प्रशासनले तयारी गर्न नसकेको समेत प्रस्ट्याएका छन्।

प्रकाशित: Jan 09, 2022| 13:35 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।