मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको पीसीआर परीक्षण हुने, माधव नेपालसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

प्रधानमन्त्रीको पीसीआर परीक्षण हुने, माधव नेपालसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज कोरोना परीक्षण गरिने भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज कोरोना परीक्षण गरिने भएको छ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाको आज कोरोना परीक्षण गर्न लागिएको हो। 

बिहीबार र शुक्रबार बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका छन्। सो बैठकमा सहभागी सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि हिजोदेखि होमआइसोलेसनमा बसेका छन्।  उनको पनि आज कोरोना परीक्षण हुने भएको छ। 

सो बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि कन्ट्याक ट्रेसिङमा परेका छन्। 

प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गर्नु भएको थियो। यस्तै माओवादी अध्यक्ष दाहालसँगै माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुबोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Jan 09, 2022| 10:25 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।