सोमबार, भदौ १, २०८३

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीयबाट खटिएको प्रहरी टोलिले भिमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकी बजारबाट एक जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्ने भिमदत्त नगरपालिका वडा नम्बर ६ बनगाँउ बस्ने २९ वर्षीय दिपेश बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उनको साथबाट सेतो कागजमा लुकाई छिपाई गरी राखेको तयारी अवस्थामा १ पुडिया भित्र ०.०७ ग्राम खैरो हिरोइन  फेला परेको प्रहरीले बताएको छ। उनीमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: Jan 09, 2022| 09:25 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।