आइतबार, फागुन २४, २०८२

भारी हिमपातमा परि पाकिस्तानमा २२ जनाको मृत्यु

पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ। राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा २२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

National life

हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन्। मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरूका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत रहेका बताइएको छ।

हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ।

गृहमन्त्री शेख रशिदका अनुसार उक्त क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरू भ्रमण गर्दा संकट निम्तिएको हो। बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ।

प्रकाशित: Jan 09, 2022| 06:51 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।