आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हाइटीमा दुई पत्रकारलाई जिउँदै जलाइएको घटनाप्रति राष्ट्रसंघको निन्दा

हाइटीमा दुई पत्रकारलाई जिउँदै जलाइएको घटनाप्रति राष्ट्रसंघको निन्दा

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

न्युयोर्क- संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको  संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएको छ।

National life

'कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,' दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने, 'हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ।'

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए।

अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ।

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ। सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक संकट गहिरिँदै  गएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 08, 2022| 23:40 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।