मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ।

प्रकाशित: Jan 08, 2022| 19:06 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।