मंगलबार, भदौ २, २०८३

इतिहासमा आज : विश्‍वभर के-के भयो?

आज सन् २०२२ को जनवरी ८। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं - आज सन् २०२२ को  जनवरी ८। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।

प्यालेस्टाइन प्राधिकरणको राष्ट्रपतिमा मोहमोउद अब्बास निर्वाचित 

मोहमोउद अब्बास प्यालेस्टाइन प्राधिकरणको राष्ट्रपतिमा सन् २००५ जनवरी ९ मा निर्वाचित भएका थिए। सन् १९५० मा फताहको संस्थापकसमेत रहेका अब्बास प्यालेस्टाइन प्राधिकरणका प्रधानमन्त्रीसमेत बनेका थिए। उनी सन् २००३ मा छोटो समयका लागि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

अमेरिकाको राष्ट्रपति रिचर्ड निक्सनको जन्म 

अमेरिकाको ३७ औं राष्ट्रपति रिचर्ड मिल्होस निक्सनको जन्म सन् १९१३ जनवरी ९ मा भएको थियो। उनको कार्यकाल १९९६ देखि १९७४ सम्म थियो। उनी रिपब्लिकन पार्टीका थिए। उनको दोश्रो कार्यकालमा, उनले योम किपुर युद्धमा इजरायलको सहयोगार्थ हवाइ मद्दत पुर्‍याएका थिए। जसका कारणले अमेरिकामा तेल संकट, १९७३ सिर्जना भयो। १९७३ को अन्त्यतिर वाटरगेट कान्ड सार्वजनिक भयो, र निक्सनले यसको ठूलो राजनीतिक मूल्य चुकाउनु पर्‍यो। ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्‍ने निश्चित भएसँगै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए। उनी पदबाट राजीनामा दिने पहिले अमेरिकी राष्ट्रपति हुन्। पछि उनका उत्तराधिकारी जेराल्ड फोल्डबाट उनले आममाफी पाए। उनको मृत्यु सन् १९९४ अप्रिल २२ मा भएको थियो। 

एप्पलद्वारा आईट्युन सार्वजनिक 

अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले सन् २००१ जनवरी ९ मा डिजिटल मिडिया प्लेयर आईट्युन सार्वजनिक गरेको थियो। यसको एक वर्षअघि एप्पलले आईपोड सार्वजनिक गरेको थियो। यस कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप,आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन‍। एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउँदै आएको छ। यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस,आइ ट्युन्स, आइ-वोर्कस,एपर्चर आदि पर्छन्। राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स पछि एप्पल संसारकै दोश्रो ठूलो सूचना उद्योगीक कम्पनी हो तथा सामसुङ र नोकियापछि सबैभन्दा ठूलो मोबाइल निर्माता कम्पनि हो । एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखिएको थियो। 

इजिप्टमा असवन हाई ड्यामको निर्माण सुरु

सन् १९६० को जनवरी ९ मा इजिप्टको असवन हाई ड्यामको निर्माण कार्य सुरु गरिएको थियो। यो ड्याम निर्माण कार्य १० वर्षमा सकिएको थियो। यसले नाइल नदीको बाढीलाई रोक्‍ने काम गरेको छ। 

मिसिसिपी अमेरिकाको दोस्रो राज्य 

सन् १८६१ को जनवरी ९ मा मिसिसिपीलाई अमेरिकाको दोस्रो राज्यकोरुपमा मान्यता दिएको थियो। अमेरिकी सिभिल वारपछि मिसिसिपी दोस्रो राज्यको रुपमा मान्यता पाएको हो। हाल यसलाई दक्षिण क्यारोलिना भन्‍ने गरिन्छ। 

प्रकाशित: Jan 09, 2022| 05:30 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।