शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात, २१ जनाको मृत्यु

पाकिस्तानमा १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात, २१ जनाको मृत्यु

पाकिस्तानमा करिब १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात भएको छ। पाकिस्तानको राहत तथा उद्धार अधिकारीहरुले मरी र पञ्‍जाब प्रान्त आसपासमा भएको हिमपातका कारण करिब २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

इस्लामावाद - पाकिस्तानमा करिब १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात भएको छ। पाकिस्तानको राहत तथा उद्धार अधिकारीहरुले मरी र पञ्‍जाब प्रान्त आसपासमा भएको हिमपातका कारण करिब २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्। 

National life

मरी हिल स्टेशनलाई 'पहाडको रानी' भनेर चिनिन्छ। यहाँ हरेक वर्ष हिउँ पर्ने गर्छ। तर, यस वर्ष भएको हिमपातले सडक अवरुद्ध भएको छ। जसका कारण हजारौं मानिसहरु यस्तो चिसोमा सडकमै रात गुजार्न बाध्य भएका छन्। 

पाकिस्तान सरकारले इस्लामावाद-मरी राष्ट्रि राजमार्ग बन्द गरिदिएको छ भने मरी र आसपासका जिल्लामा आपतकाल लागु गरिएको छ। 

राहत तथा उद्धार कार्यमा प्रशासको सहयोगका लागि सेना र अर्धसैनिक बललाई पनि परिचालन गरिएको छ। 

पाकिस्तानका गृहमन्त्री शेख राखिशले भने, '१५-२० सालपछि पाकिस्तानमा यति ठूलो हिमपात भएको हो। जसका कारण मुश्किल स्थिति सिर्जना भएको छ। यस कारण हामी यहाँ जाने सडकमा पनि प्रतिबन्ध लगाएका छौं। यद्पि अझै सडकमा हजारौं गाडीहरुको जाम छ। ती गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेका छौं।' 

प्रकाशित: Jan 08, 2022| 19:22 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।