मंगलबार, भदौ २, २०८३

बाघको आक्रमणबाट पुन: एक महिलाको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको प्रहरीले जनाएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

नेपालगन्ज- बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको हो। थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। 

पात टिप्‍न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए। उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो। 

उनीहरूको खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरी निरीक्षक गौतमले बताए। पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ।

यसअघि पुस २२ गते बाघको आक्रमणमा परी राप्ती सोनारी-४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो।

प्रकाशित: Jan 08, 2022| 14:20 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।