धनगढी- गायक सुरत रावत 'डोटेली कान्छा' सम्मानित भएका छन्। धनगढी जेशिसले प्रत्येक वर्ष युवा सम्मान प्रदान गर्ने गरेको छ।
रावतलाई यस वर्षको लोकेन्द्र मोहन युवा वर्ष सम्मान २०२१ प्रदान गरिएको हो। रावतले गायन क्षेत्रबाट सुदूरपश्चिम प्रदेशको सांस्कृतिक क्षेत्रको मौलिक परम्परा र संकृतिको प्रचारप्रसार गर्दै आएका छन्।
विगत दुई दशकदेखि गायनमा सक्रिय रावतका दर्जन बढी देउडा गीत बजारमा आएका छन्। उनका दाइको ब्याभयो भाइको लई ब्या भयो, ओ ओ ओमेराव बोलगायत थुप्रै गीत चर्चित छन्।
यस्तै धनगढी जेशिस कैलालीले पदस्थापन गरेको छ। वर्ष २०२२ का लागी निर्वाचित भएको जिल्ला कार्य समितिले शपथ तथा पदस्थापन गरेको हो।